Skip to main content

Babai News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई शुरुवात

Advertisement

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरे । बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न भनेका थिए । सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो ।

सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए । ‘अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च छ,’ मन्त्री पौडेलले भने, ‘अस्पतालमा थप सुविधा बढाएर बिरामीले स्वदेशमै सुपथ उपचार पाउने वातावरण तयार पारिनेछ ।’

मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक श्रोतबाटै व्यवस्थापन गरिएको भन्दै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार तथा विस्तार भैरहेको बताए ।

‘हामीसँग आर्थिक अभाव भएको कुरा सत्य हो,’ उनले भने, ‘यसलाई मध्यनजर गर्दै अधिकतम श्रोतको उपयोग गरेर नागरिकलाई सुविधा प्रदान गरेका छौं ।’

मन्त्री पौडेलले पहिलो निर्णय नै क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेर गरेको भन्दै क्यान्सर उपचारलाई सहज र सुपथ बनाउन यथासम्भव काम गरिने बताए । यसपाली आउने बजेटमा समेत क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताए ।

थपिएको एकाइमा बालबालिकाको आइसीयुका ४, डे केयरका ४ तथा साधारण ७ शैय्या रहने निमित्त कार्यकारी निर्देशक डा। उज्वल चालिसेले बताए । अस्पतालमा सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्री पौडेलले प्राथमिकता दिएर योजना अघि बढाइरहेको उनको सचिवालयले जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...