Babai News

राप्रपाको पार्टी कार्यालयमा कमल थापा, लिङदेनसँग अर्थपूर्ण वार्ता

Advertisement
Advertisement

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

आइतबार राप्रपा मुख्यालय धुम्बाराही पुगेका थापाले लिङदेनसँग भेटवार्ता गरेका हुन् ।

भेटपछि लिङ्देनले थापालाई भेटेको तस्बीर सामाजिक सञ्जालमा राखेका छन् । भेटवार्तामा जेठ १५ बाट घोषणा गरिएको आन्दोलनसहित समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

राप्रपाबाट अलग भएर राप्रपा नेपाल बनाएपछि थापा पहिलो पटक राप्रपा केन्द्रीय कार्यालयमा पुगेका हुन् । राजसंस्थाको पक्षमा एक ठाउमा बसेर आन्दोलन गर्ने लक्ष्यसहित पछिल्ला दिनहरुमा थापा र लिङदेन नजिकिएका छन् । हाल राजसंस्थाको पक्षमा आन्दोलन गर्न कार्यगत एकता गरेका थापा र लिङदेनले निकट भविष्यमा पार्टी एकतासम्म गर्नेगरि छलफलमा रहेको बताइएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक...

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा ...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ...