Babai News

गभर्नर सिफारिस समितिको विज्ञ सदस्यबाट पौडेलको राजीनामा

Advertisement

काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् ।  डा. पौडेलले आइतबार समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

नेपाली कांग्रेसले गभर्नरमा डा. पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।

अब सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न नियुक्ति गर्नुपर्छ । पौडेलको राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने पर्छ भने त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ ।

गभर्नर सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने गर्छ, जसमा एक विज्ञ सदस्य र एक पूर्वगभर्नर राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पौडेल विज्ञ सदस्यको रुपमा समितिमा रहेका थिए । त्यस्तै पूर्वगभर्नरबाट सदस्य नियुक्त भएका विजयनाथ भट्टराईले लामो समयसम्म बैठकनै बस्न नसकेको भन्दै असन्तुष्टि जनाएर राजीनामा दिएपछि उनको स्थानमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...