Skip to main content

Babai News

हिमपातले अवरुद्ध लिमि लाप्चा सडक महिनाै पछि खुल्यो

Advertisement

file image

हुम्ला –  हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका-६ मा पर्न लिमि लाप्चा खण्ड अन्तरगत न्यालु लेख महिनाै दिन पछि खुलेको छ।

Advertisement

बाक्लो हिमपातले अवरुद्ध भएको ४ हजार ९९० मिटर उचाइमा रहेको न्यालु लेख पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छाएपछि खुलेको नाम्खा गाउँपालिका-६ वडाध्यक्ष  पाल्जाेर तामाङले जानकारी दिनुभयो।

पुस, मङ्सिर महिना परेको बाक्लो हिमपातले न्यालु लेख  बन्द भएपछि लिमि लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न पर्यटकहरू नाम्खा गाउँपालिका -६ का स्थानीयलाई समस्या भएको वडाध्यक्ष तामाङले बताउनुभयो।

पूर्वाधार विकास कार्यालय हुम्लाले डोजरबाट हिउँ पन्छाएपछि महिनौँदेखि अवरुद्ध सडक खुलेको तामाङले बताउनुभयो।  उहाँका अनुसार अब लिमि लाप्चा नेपाली भूमिबाट चीनमा रहेको मानसरोवर कैलाशको दूरदर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज भएको छ। वडा नम्बर -६ को लिमिबाट गाउँपालिका केन्द्र र सदरमुकाममा सिमकाेट आउजाउ गर्न पनि सहज भएको तामाङको भनाई छ।

By : NTv

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...