Babai News

जुम्ल्याह सन्तानकी आमा बनिन् अभिनेत्री एम्बर हर्ड, को हुन् पिता ?

Advertisement

काठमाडौँ । हलिवुड अभिनेत्री एम्बर हर्ड जुम्ल्याह सन्तानकी आमा बनेकी छन् । अभिएन्त्री हर्डले आफु जुम्ल्याह सन्तानको आमा बनेको जानकारी दिएकी हुन् । योसँगै हर्ड अब तीन सन्तानकी आमा बनेकी छन् ।

अभिनेत्रीले इन्स्टाग्राममा लेखेकी छिन्- उनले परिवारमा जुम्ल्याहा बच्चाहरूलाई स्वागत गरेकी छिन्, जसको नाम छोराको ओशन हो र छोरीको एग्नेस हो ।’ उनले उनीहरूको सानो खुट्टाको तस्बिरसँगै यो खबर साझा गरेकी छन् ।

३९ बर्षिय हर्डले लेखेकी छन्- ‘मेरो आफ्नै प्रजनन चुनौतीहरूको बावजुद आफैं र आफ्नै शर्तमा आमा बन्नु मेरो जीवनको सबैभन्दा राम्रो अनुभव भएको छ । म यो जिम्मेवारीपूर्वक र सोचविचारपूर्वक छनौट गर्न सक्षम भएकोमा सधैं आभारी छु ।’

आफ्ना पूर्व पति जोनी डेपसँगको उच्च प्रोफाइल कानुनी लडाइँ पछि स्पेन सरेकी हर्डकी चार वर्षीया छोरी उनाघकी आमा पनि हुन् ।

अभिनेत्री हर्डले बच्चाका पिताको नाम भने सार्बजनिक गरेकी छैनन् । यसअघि अभिनेत्री हर्ड र विश्वकै धनि व्यापारी एलन मस्कसँग सम्बन्धमा रहेकी थिइन् । अहिले उनले जुम्ल्याह सन्तानको आमा बनेको घोषणा गरेपछि बच्चाको पिता मस्क नै भएको सामाजिक सञ्जाल र मिडियामा चर्चा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...