Skip to main content

Babai News

पाकिस्तानविरुद्ध आक्रामक भए मोदी, भन्छन्- आक्रमण स्थगित मात्र भएको हो

Advertisement

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तानमा रहेका सय भन्दा बढी आतंकवादी मारेको दाबि गरेका छन् ।

Advertisement

सोमबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानले आतंकवादी कारवाहीमा भारतको साथ दिनुपर्नेमा उल्टो भारतमाथि आक्रमण गर्ने दुश्साहस गरेको भन्दै भारतले त्यसको उचित जवाफ दिएको बताएका छन् ।

मोदीले भारतले पाकिस्तानविरुद्ध गरेको आक्रामाक कारवाहीपछि विश्वभर बच्नको लागि गुहार मागेको बताएका छन् ।

सम्बोधनका क्रममा मोदीले पाकिस्तानले आक्रमण रोक्न गुहार लगाएको दाबि गर्दै अब आफ्नो तर्फबाट कुनै आक्रमण नहुने प्रतिबद्धतापछि युद्धविराम गरेको बताएका छन् । मोदीले अहिले भारतले पाकिस्तानविरुद्धको आक्रमण स्थगित मात्र गरेको र पाकिस्तानको आगामी दिनको व्यवहारले यसलाई कति लामो सम्म स्थगित गर्ने भन्ने निर्धारण गर्ने बताए । भारतका स्थल, जल र हवाई सेना अहिले पनि उच्च अलर्टमा रहेको बताउदै मोदीले भारतमाथि फेरी आक्रमण भएमा त्यसको आफ्नै अनुसार जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोदीले परमाणु शक्तिको ब्ल्याक मेल भारतले नसहने बताउदै भारतले परमाणु शक्तिको आडमा हुने आतंकवादी गतिबिधिको सधै विरुद्धमा हुने बताए ।

मोदीले पाकिस्तानले पालेको आतंकवादले एक दिन पाकिस्तानलाई नै समाप्त गर्ने भन्दै यसलाई समाप्त गर्नुपर्ने बताए ।

मोदीले अप्रिल २२ मा पहलगाममा आतंककारीहरूले देखाएको बर्बरताले देश र विश्वलाई स्तब्ध बनाएको बताउदै बिदा मनाउने निर्दोष नागरिकहरूलाई उनीहरूको धर्म सोधेर उनीहरूका परिवार र बच्चाहरूको अगाडि निर्ममतापूर्वक हत्या गरिएको बताए । मोदीले भने- ‘यो आतंकको एकदमै भयानक अनुहार थियो। क्रूरता थियो। यो पनि देशको सद्भाव तोड्ने घृणित प्रयास थियो। मेरो लागि व्यक्तिगत रूपमा, यो पीडा ठूलो थियो ।’

मोदीले अगाडी भने- ‘भारतको यो कार्यबाट पाकिस्तान गहिरो निराशामा डुबेको थियो । आतंकवादविरुद्ध भारतको कारबाहीलाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि नै आक्रमण गर्न थाल्यो । पाकिस्तानले हाम्रा स्कूल-कलेज, गुरुद्वारा, मन्दिर, आम नागरिकका घरहरूलाई निशाना बनायो । पाकिस्तानले हाम्रा सैन्य अड्डाहरूलाई निशाना बनायो, तर यसमा पनि पाकिस्तान आफैं पर्दाफास भयो । विश्वले देखेको छ कि कसरी पाकिस्तानको ड्रोन, पाकिस्तानको मिसाइल भारतको अगाडि पराल जस्तै खसेको छ । भारतको बलियो वायु रक्षा प्रणालीले तिनीहरूलाई आकाशमै ध्वस्त पार्यो । पाकिस्तान सीमामा आक्रमण गर्न तयार थियो, तर भारतले पाकिस्तानको छातीमा आक्रमण गर्‍यो ।’

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...