Skip to main content

Babai News

जनमत र नागरिक उन्मुक्तिको एकता अलपत्र !

Advertisement

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अलपत्र परेको छ । गत वैशाख १७ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा एकताको घोषणा गर्ने कर्यक्रम नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको थियो ।

Advertisement

चौधरी सोहि दिन हिरासतबाट छुटेपनि अहिलेसम्म एकताको प्रक्रिया अगाडी बढ्न नसकेपछि अब एकता नहुने अड्कलबाजी हुन थालेको छ ।

यसैबीच रेशम चौधरीले सोमबार सामाजिक सञ्जालमा सबै कुरा थाती राखेर संगठन निर्माणमा जुट्नुपर्ने लेखेपछि अब जनमतसँगको एकता नहुने संकेत गरेका छन् । उनले भनेका छन्- ‘मौसम जस्तै बदलिरहँदैन आस्था । बिचार परिवर्तन भौतिक शरीर नष्ट भएमात्रै समाप्त हुन्छ । सबैकुरा थाति राखेर आफ्नो संगठन निर्वाणमा जुटौं । संगठन रहे तपाई रहने हो,राजनैतिक पदधारी हुने हो । संगठन बिनाको राजनीति कल्पना पनि नगरौं ।’

एकताको अन्तिम तयारी भएको भनिएपनि जनमतका सिके राउत र संरक्षक चौधरीबीच पार्टी एकताको मोडल नै टुंगो नलागेको दाबि गरिएको छ । राउतले पार्टी पदाधिकारीको टुंगो लगाएर एकता गरिहाल्ने र बाँकी कुरा पछि टुंगाउने भन्दै आएका थिए भने चौधरीले सबै विषय टुंगाएर एकता गर्नुपर्ने पक्षमा रहेको बताइएको छ । त्यसैकारणले पनि चौधरी पक्राउले अवरुद्ध बनेको एकता प्रक्रिया अहिले अलपत्र परेको र तत्कालका लागि टरेको दुवै दलका नेताहरुले बताउन थालेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...