Skip to main content

Babai News

युद्धविरामपछि सामान्य हुदै श्रीनगर, विद्यालय खुल्दै\

Advertisement
काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि जम्मू कश्मीरको अवस्था बिस्तारै सामान्य हुँदै गइरहेको छ ।

श्रीनगरको अवस्था सामान्य हुँदै गइरहेको छ र मंगलबार विद्यालयहरू खुलेको मिडिया रिपोर्टमा उल्लेख छ । यद्यपि, बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टर जस्ता अन्य क्षेत्रहरूमा विद्यालयहरू अझै खुलेका छैनन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार बिहान विद्यार्थीहरू स्कूल जाँदै गरेको देखिएको थियो । रियासीमा पनि विद्यालयहरू फेरि खुलेका छन् ।

भारी गोलाबारीबाट प्रभावित पुंछमा पनि जीवन बिस्तारै सामान्य हुँदै गइरहेको छ र बजारहरू खुल्न थालेका छन् । एएनआईका अनुसार सोमबार राति साम्बा सेक्टरमा विस्फोटको आवाज सुनिएको थियो र सेनाले केही ड्रोनहरू देखेको बताएको छ ।

अप्रिल २२ को पहलगाम आक्रमणपछि भारतले पाकिस्तानमा रहेका आतंकवादीका ठेगानाहरुमा ‘अप्रेसन सिन्दूर’ नामक अभियान चलाएपछि दुवै देशबीच तीन दिनसम्म युद्धको अवस्था सिर्जना भएको थियो । त्यसपछि दुवै देशले युद्धविराम गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...