Babai News

भारतसँगको लडाईमा पाकिस्तानी सेनाका ११ सैनिकको मृत्यु

Advertisement

काठमाडौँ । भारतसँगको लडाईमा पाकिस्तानी सेनाका ११ सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाले भारतसँगको सैन्य झडपमा पाकिस्तानी सेना र वायुसेनाका ११ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

मंगलबार जारी गरिएको विज्ञप्तिमा भारतसँगको लडाईंमा एक स्क्वाड्रन लिडर सहित पाँच वायुसेनाका कर्मचारी मारिएका छन् र अन्य छ जना सेनाका कर्मचारी पनि मारिएको उल्लेख छ ।

विज्ञप्ति अनुसार, मे १० मा भएको भारतीय आक्रमणमा सबै कर्मचारी मारिएका थिए । त्यस्तै मे ६-७ को राति भएको भारतीय आक्रमणमा सात महिला र १५ बालबालिकासहित ४० जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । घाइतेहरूमा १० महिला र २७ बालबालिका छन् । झण्डै चार दिनको लडाईंपछि, भारत र पाकिस्तानले अन्ततः शनिबार युद्धविरामको घोषणा गरेका थिए ।

यसअघि सोमबार, भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ मा आठ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको बताएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...