Skip to main content

Babai News

हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए : प्रधानमन्त्री

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी कार्यालय एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किएको भन्दै कटाक्ष गरेका छन्।

Advertisement

मंगलबार बालुवाटारमा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बैंकले समेत एक रुपैयाँ साटेर नदिने टिप्पणी गरे।

‘एक-दुईवटा साना कामहरूमा साथी भाइहरु बहुत हौसिन्छन्, हामी छौँ भन्छन्, चन्दा उठाउँछन्,’ ओलीको भनाइ छ, ‘अस्ति हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए। एक-एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे। एक-एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ। चन्दा एक-एक रुपैयाँ कहाँ साटेर ल्याउने? दिँदैन त्यो पनि।’

पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिने निर्णयको विरोध गर्दै नेकपा एमालेका नेताहरु वृन्दा पाण्डे, उषाकिरण तिम्सिना लगायतले कार्यकर्ताबाट एक/एक रुपैयाँ चन्दा उठाएर पनि बनाउन सकिने अभिव्यक्ति दिएका थिए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...