Skip to main content

Babai News

बर्दिया कारागार भित्रबाट लागुऔषध गाँजा बरामद

Advertisement

रन्जित शाह

बर्दिया कारागार भित्रबाट ५ ग्राम लागुऔषध गाँजा बरामद भएको छ ।

असार १२ गते विहान जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी टोलीले चेकजाँच गर्दा सो लागुऔषध बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दिया कारागारमा रहेका कैदीबन्दीको विस्तरामा लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला पारेको कुरा प्रहरी नायव उपरिक्षक चक्र बहादुर डमरपालले बताउनुभयो । उहाँले यस विषयमा थप अनुसन्धान समेत भईरहेको जानकारी गराउनुभयो ।

कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तानी गरिरहेका सोहन ढकालको विस्ताराबाट उक्त लागुऔषध बरामद भएको स्रोतले बताए ।

स्रोतले भने, “कारागार भित्रबाट नै लागुऔषध बरामद हुनु गम्भीर विषय हो । यसले सुरक्षा माथि चुनौत थपेको छ । कारागारका कुनै व्यक्तिको संलग्नता विना लागुऔषध भित्र छिर्न सक्दैन् ।”

यस विषयमा कारागार कार्यालयका प्रमुख (जेलर) मान बहादुर साडुमगरसँग कुरा गर्न खोज्दा उहाँले कुनैपनि प्रतिक्रिया दिनुभएन ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
4
+1
1
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...