Skip to main content

Babai News

रसुवाको बाढीमा बर्दियाका पाँच जना बेपत्ता

Advertisement

रसुवामा आएको बाढीमा बर्दियाका पाँच जना बेपत्ता भएका छन् ।

जिल्लाकाे बारबर्दियाबाट रसुवामा काम गर्न गएका पाँच युवाहरू बेपत्ता भएका हुन् ।

उत्तरी छिमेकी राष्ट्र चीनतर्फबाट रसुवागढी नाका भई नेपाल प्रवेश गरी भोटेकोशी नदीमा आएको बाढीमा बर्दियाका ५ जना नागरिक बेपत्ता भएको जानकारी प्राप्त भएको कुरा जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी राेशन कुमार कठायतद्वारा जारी पत्रमा उल्लेख गरिएकाे छ ।

साे पत्रमा निजहरुको स्थायी ठेगाना एकीन नभएकाे र खोजीका लागि प्रशासन कार्यालयले सम्बन्धित निकायमा पहल गरिरहेकाे जनाईएकाे छ ।

बारबर्दिया नगरपालिका वडा नं. १० बस्ने जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु र सुरेश थारु बेपत्ता भएकाे कुरा स्राेतले बताए ।

स्राेतका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको छ । बेपत्ता जिपन चौधरीले गए राति घरपरिवारसँग कुरा गरेका थिए । बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । सरकार समक्ष बेपत्ता भएका उल्लेखित व्यक्तिहरूलाई यथाशीघ्र खाेजी गरिदिन बेपत्ताका परिवारजनहरूले अत्यन्तै दुखका साथ हारगुहार गरेका छन् । उक्त बाढीमा जिल्लाका ५ जना लगायत १९ जना सम्पर्क विहिन भएकाे विभिन्न संचार माध्यममा आएकाे छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...