Skip to main content

Babai News

अपराध नियन्त्रणदेखि सचेतना कार्यक्रमसम्म बर्दिया प्रहरीको नेतृत्वदायी पहल

Advertisement

चन्द्र वि.क.
बर्दिया —

Advertisement

जिल्ला प्रहरी कार्यालय बर्दियाले आर्थिक वर्ष २०८१/०८२ मा भएका प्रगतिहरू सार्वजनिक गरेको छ ।

कार्यालयले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको प्रगति विवरणमा प्रहरीको नेतृत्वदायी पहल देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक केदार खनालले गत वर्ष जिल्लामा भएका विभिन्न अपराध, लागूऔषध कारोबार, आत्महत्या, फरार प्रतिवादी पक्राउ र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत प्रहरी कार्यालयद्वारा गरिएको कार्यक्रम बारे जानकारी गराउनुभयो ।

उहाँले कार्यक्रममा जिप्रकाको तथ्यांक प्रस्तुत गर्नुहुँदै ब्राउन सुगर १ सय ४४ ग्राम ८ सय ९६ मिलिग्राम सहित १ सय ८४ जना, चरेश २ किलोग्राम १ सय ६ ग्राम ८ सय मिलिग्राममा ५ जना, अफिम २१ किलोग्राम ५ सय ७० ग्राम ३ सय मिलिग्राममा ४ जना, गाँजा ५ किलोग्राम ८ सय ७१ ग्राम १ सय ८० मिलिग्राममा ६ जना, क्यापसुल २६ पिसमा ४ जना, सिरप २ वोतल (४ सय मि.लि.)मा १ जना र ट्यावलेट १ सय १८ गोटासँग १२ जना गरी लागूऔषध सम्बन्धी मुद्दामा २ सय १६ जनालाई समातिएको बताउनुभयो ।

यसैगरी प्रहरी उपरिक्षक खनालले दशकौं वर्ष देखि फरार रहेका २ सय ८० जना प्रतिवादीलाई पक्राउ गरिएको, सामुदायिक प्रहरी साझेदारी अन्तर्गत गरिएको विभिन्न कार्यक्रमबाट ८५ हजार १ सय ६४ जना लाभान्वित भएका र झुन्डिएको १ सय २९ जना र विष सेवन १८ जना गरी १ सय ४७ जनाले आत्महत्या गरेको उल्लेख गर्नुुभयो ।

तथ्यांक अनुसार, महिला र बालबालिकासँग सम्बन्धित २ सय ४९ उजुरी परेका छन् । जसमा गुलरिया नगरपालिकाबाट सबैभन्दा धेरै २ सय २ उजुरी परेको छ । विभिन्न मुद्दामा परेका मानिस तथा सवारीबाट राजस्व १ करोड ४९ लाख ६२ हजार ८७ रूपैयाँ र १२ हजार ३ सय २५ सवारी साधनलाई गरिएको ट्राफिक कारवाहीबाट ९३ लाख ६७ हजार ५ सय १ रूपैयाँ राजस्व संकलन गरिएको छ ।

प्रहरी उपरीक्षक खनालले प्रस्तुत गर्नुभएको तथ्यांकले लागूऔषधको बढ्दो प्रभाव, आत्महत्याका घटना र महिला–बालबालिकामाथिको हिंसाले बर्दिया जिल्लामा अझै पनि गम्भीर चुनौती रहेको देखाउँछ। यस्तो स्थितिमा समाजका सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको प्रहरीको भनाइ छ।

 

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...