Babai News

अपराध नियन्त्रणदेखि सचेतना कार्यक्रमसम्म बर्दिया प्रहरीको नेतृत्वदायी पहल

Advertisement

चन्द्र वि.क.
बर्दिया —

जिल्ला प्रहरी कार्यालय बर्दियाले आर्थिक वर्ष २०८१/०८२ मा भएका प्रगतिहरू सार्वजनिक गरेको छ ।

कार्यालयले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको प्रगति विवरणमा प्रहरीको नेतृत्वदायी पहल देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक केदार खनालले गत वर्ष जिल्लामा भएका विभिन्न अपराध, लागूऔषध कारोबार, आत्महत्या, फरार प्रतिवादी पक्राउ र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत प्रहरी कार्यालयद्वारा गरिएको कार्यक्रम बारे जानकारी गराउनुभयो ।

उहाँले कार्यक्रममा जिप्रकाको तथ्यांक प्रस्तुत गर्नुहुँदै ब्राउन सुगर १ सय ४४ ग्राम ८ सय ९६ मिलिग्राम सहित १ सय ८४ जना, चरेश २ किलोग्राम १ सय ६ ग्राम ८ सय मिलिग्राममा ५ जना, अफिम २१ किलोग्राम ५ सय ७० ग्राम ३ सय मिलिग्राममा ४ जना, गाँजा ५ किलोग्राम ८ सय ७१ ग्राम १ सय ८० मिलिग्राममा ६ जना, क्यापसुल २६ पिसमा ४ जना, सिरप २ वोतल (४ सय मि.लि.)मा १ जना र ट्यावलेट १ सय १८ गोटासँग १२ जना गरी लागूऔषध सम्बन्धी मुद्दामा २ सय १६ जनालाई समातिएको बताउनुभयो ।

यसैगरी प्रहरी उपरिक्षक खनालले दशकौं वर्ष देखि फरार रहेका २ सय ८० जना प्रतिवादीलाई पक्राउ गरिएको, सामुदायिक प्रहरी साझेदारी अन्तर्गत गरिएको विभिन्न कार्यक्रमबाट ८५ हजार १ सय ६४ जना लाभान्वित भएका र झुन्डिएको १ सय २९ जना र विष सेवन १८ जना गरी १ सय ४७ जनाले आत्महत्या गरेको उल्लेख गर्नुुभयो ।

तथ्यांक अनुसार, महिला र बालबालिकासँग सम्बन्धित २ सय ४९ उजुरी परेका छन् । जसमा गुलरिया नगरपालिकाबाट सबैभन्दा धेरै २ सय २ उजुरी परेको छ । विभिन्न मुद्दामा परेका मानिस तथा सवारीबाट राजस्व १ करोड ४९ लाख ६२ हजार ८७ रूपैयाँ र १२ हजार ३ सय २५ सवारी साधनलाई गरिएको ट्राफिक कारवाहीबाट ९३ लाख ६७ हजार ५ सय १ रूपैयाँ राजस्व संकलन गरिएको छ ।

प्रहरी उपरीक्षक खनालले प्रस्तुत गर्नुभएको तथ्यांकले लागूऔषधको बढ्दो प्रभाव, आत्महत्याका घटना र महिला–बालबालिकामाथिको हिंसाले बर्दिया जिल्लामा अझै पनि गम्भीर चुनौती रहेको देखाउँछ। यस्तो स्थितिमा समाजका सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको प्रहरीको भनाइ छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...