Skip to main content

Babai News

‘नव सामन्ती’ लघुवित्त खारेज गर्न सरकार समक्ष संघर्ष समितिको माग

Advertisement

बर्दिया —
बर्दियाको गुलरियामा लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सरकार समक्ष ‘नव सामन्ती’ लघुवित्त खारेज लगायतका माग गरेको छ ।

लघुवित्त तथा वित्तीय संस्थाले ग्रामीण महिलामाथि चरम आर्थिक र मानसिक शोषण गरिरहेको भन्दै उक्त समितिले ती संस्थाहरूलाई खारेज गरी लघुवित्त पीडितलाई न्याय दिन सरकार समक्ष माग राखेको हो ।

वित्तिय उत्पिडन विरुद्धको महिला सञ्जाल नेपालका केन्द्रिय संयोजक आशा कुमारी शन्जेलले लघुवित्त संस्था ‘नव सामन्ती’को रूपमा विकसित भइरहेको बताउनुभयो । उहाँले सामूहिक रूपमा अन्यायपूर्ण ऋण लगाएर महिलाहरूलाई आत्महत्या गर्न बाध्य बनाइ लघुवित्त संस्थाहरूले ग्रामीण जीवन तहसनहस बनाएको धारणा राख्नुभयो ।

संयोजक शन्जेलले भन्नुभयो, “हामीले धेरै पटक ध्यानाकर्षण गरायौं । तर अब पनि सरकार मौन बस्यो भने लघुवित्त संस्थालाई गाउँ–गाउँमा खोजी–खोजी लखेट्ने बाध्यता आउनेछ । लघुवित्त संस्थाले महिलालाई आर्थिक हिंसामा पारिरहेको छ । हाम्रो मागलाई सरकारले वेवास्ता ग¥यो भने समितिले देशभर चरणबद्ध आन्दोलन गर्ने छ ।”

समितिले लघुवित्तद्वारा लगाइएका ऋणहरू अवैधानिक रूपमा वसुली गरेकोले ऋण तुरुन्त मिनाहा गर्नुपर्ने, महिलाहरूको नाम कालोसूचीमा राखेकोले सो सूची फुकुवा गर्नुपर्ने र धितो लिलामी रोक्नुपर्ने लगायतको मागलाई सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्ने कुरा लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति बर्दियाका अध्यक्ष खुमलाल थारुले जानकारी गराउनुभयो ।

उहाँले महिला सञ्जाल नेपाल, पीडित ऋणीहरू, युवा अभियन्ता तथा मानव अधिकारकर्मीहरूको समेत ऐक्यबद्धता रहेको यो संघर्ष अभियानले स्थानीय स्तरमै लघुवित्त शोषणविरुद्ध चर्को प्रतिवाद सुरु गरिसकेको छ, भन्नुभयो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...