Skip to main content

Babai News

भूमि ऐन कार्यान्वयन र नापीको माग गर्दै बर्दियामा दबाबमूलक ¥याली प्रदर्शन

Advertisement

चन्द्र वि.क.
बर्दिया
जिल्ला भूमि अधिकार मञ्च, बर्दियाले भूमि ऐन २०७६ कार्यान्वयन र निस्सा पाएकाहरुको जग्गा नापी लगायतको माग गर्दै गुलरियामा दबाबमूलक ¥याली प्रदर्शन गरेको छ ।

“सामाजिक न्याय र समुन्नतीको लागि भूमि अधिकार” भन्ने मुल नाराका साथ जिल्लामा लामो समयदेखि थाँती रहेका भूमि सम्बन्धी अन्यायपूर्ण स्थिति विरुद्ध सरकारलाई ध्यानाकर्षण गराउन र सम्बन्धित निकायमा दबाव सिर्जना गर्न मञ्चले शान्तिपूर्ण ¥याली प्रदर्शन गरेको हो ।

मञ्चले प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय र भुमि समस्या समाधान आयोग जिल्ला समिति बर्दिया मार्फत सरकारलाई तत्काल भूमि ऐन २०७६ कार्यान्वयन गरी स्पष्ट नीतिगत आधार तयार गर्न, नापी कार्य सम्पन्न गर्न र भूमिहीन, दलित तथा सीमान्तकृत समुदायको हक सुनिश्चित गर्न लगायतको माग सहित ज्ञापन पत्र बुुझाएको कुरा जिल्ला भूमि अधिकार मञ्च, बर्दियाका अध्यक्ष केश बहादुर वि.क.ले जानकारी गराउनुभयो ।

उहाँले भूमि अधिकार सम्बन्धी मुद्दामा सरकारको अस्पष्ट नीति, निष्क्रियता र ढिलासुस्ती प्रवृत्तिप्रति गम्भीर आपत्ति भएको बताउँदै भन्नुभयो, “न्याय पाउने आशामा बसेका नागरिक आज पनि अपमानित भइरहेका छन् । अब हामी चुप बस्दैनौं । यदि हाम्रो मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलन गर्नेछौें ।”

गुलरियाको ७ नम्बर वडा कार्यालय नजिक देखि मुख्य बजार हुँदै जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र भुमि समस्या समाधान आयोग जिल्ला समिति बर्दिया गएर ¥याली समापन भएको थियो । ¥यालीमा सहभागीहरूले “भूमि ऐन २०७६ कार्यान्वयन गर, निस्सा पाईयो, लालपुर्जा चाहियो, कृष्णसार संरक्षण क्षेत्रका सुकुम्वासीलाई व्यवस्थापन गर र जालसाँजी पुर्वक बनेका गैर जोताहाका पुर्जा खारेज गर” भूमिहीनलाई न्याय दे” जस्ता नारा लगाएका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...