Skip to main content

Babai News

गगन सिंह कुँवर फाउण्डेशनद्वारा दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक होडिङ बोर्ड

Advertisement

पुष्कर काफ्ले
शान्तिबजार, बर्दिया
गगन सिंह कुँवर फाउण्डेशन नेपालले एक कार्यक्रमका बीच सडक दुर्घटना न्यूनिकरणका लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण एवं सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा भएको कार्यक्रममा फाउण्डेशनको सहयोगमा तयार पारिएका ७ वटा होर्डिङ बोर्ड इलाका प्रहरी कार्यालय पाताभारलाई हस्तान्तरण गरिएको छ ।

बजार क्षेत्र गति सिमित, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाऔँ, सवारी चलाउदा गति संग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ, सवारी साधन चलाउँदा हेलमेट र सिट बेल्ड सधै बाध्ने गरौँ लगायतका सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरिएको हो ।

सामाजिक कार्यमा सक्रियका साथै सडक दुर्घटना न्यूनिकरणका लागि होर्डिङ बोर्ड निर्माणमा सहयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय पाताभार बर्दियाले कार्यक्रमकै बीच गगन सिंह कुँवर फाउण्डेशन नेपालका संरक्षक एवं प्रमुख सल्लाहकार तर्क बहादुर कुँवरलाई सम्मान पत्रले सम्मान गरेको छ ।

यस्तै फाउण्डेशनले संस्था स्थापना गर्न सहयोग गर्ने र विभिन्न पीडितहरुको समस्या मिडियामा ल्याएर सहयोग संकलनमा उल्लेखनिय भूमिका खेलेको भन्दै गेरुवा अपडेटका संचालक पुष्कर काफ्लेलाई समेत सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीले होर्डिङ बोर्डले सडक दुर्घटनामा न्यूनिकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘फाउण्डेशनले सामाजिक कार्य गर्दै आइरहेको देखेको छु । आगामी दिनमा यसरी निरन्तर सामाजिक कार्य गर्नेमा आफु विश्वस्त छु ।’ अध्यक्ष केसीले भन्नुभयो, ‘यस क्षेत्रमा फाउण्डेशन स्थापना भई उदाहरणीय कार्य गरेकोले पालिकाबाट फाउण्डेशनलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’

त्यस्तै गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले बर्दिया कार्यक्षेत्र भएर काम गरिरहेको फाउण्डेशन आफुहरुको गौरवको बिषय भएको बताउनुभयो । उहाँले फाउण्डेशनले आफ्नो उद्देश्य अनुसार मानव जीवन रक्षाको लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेको उल्लेख गर्नुभयो ।

इलाका प्रहरी कार्यालय पाताभारका बरिष्ठ प्रहरी नायव निरीक्षक गणेश बहादुर सिंहले फाउण्डेशनको कामले आफुहरु उत्साहित भएको बताउनुभयो । उहाँले कार्यालयले दुर्घटना बढी हुनसक्ने जोखिमयुक्त सडकको किनारामा सचेतनामूलक बोर्ड राखिने बताउनुभयो ।

कार्यक्रममा सहभागि फाउण्डेशनका संरक्षक एवं प्रमुख सल्लाहकार तर्क बहादुर कुँवरले सचेतनामूलक अभियानले दुर्घटना न्यूनीकरणका लागि मद्दत पुग्ने विश्वासका कारण होर्डिङ बोर्ड हस्तान्तरण गरिएको बताउनुभयो । ‘बजार क्षेत्रमा चालकहरुलाई गति सीमित गर्न सचेतना प्रदान गर्ने गरी बोर्ड तयार पारिएको छ ।’

संरक्षक कुँवरले भन्नुभयो, ‘यसका लागि पनि सचेतना फैलाउनु जरुरी भएकाले बजार क्षेत्रमा गति सीमित लेखेर बोर्डहरु तयार पारिएको छ ।’ कार्यक्रमकाे उदेश्यका साथै अतिथिहरुलाइ स्वागत फाउण्डेशनका अध्यक्ष शेर बहादुर कुँवरले गर्नुभएकाे थियाे ।

कार्यक्रममा गेरुवा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु, समाजसेवी प्रेम रावल, यज्ञ बहादुर शाही, बम बहादुर रावल, अस्थायी ट्राफिक प्रहरी पोष्ट पाताभारका इन्चार्ज हर्दिष खत्री, गेरुवा उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर धामीकाे सहभागिता रहेकाे थियाे ।

यस्तै गेरुवा गाउँपालिका वडा न‌ं. २ का वडा सदस्य पुरन थापा, ३ का वडा सदस्य जमान कडायत, शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष तुलस्थ प्रसाद खनाल, पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारु, सचिव तपेन्द्र बहादुर थापा, समाजसेवी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।

गेरुवा ५ सुखाड निवासी शेर बहादुर कुँवर र उहाँका दाजु तर्क कुँवरले स्व. बुवाको सम्झनामा उहाँकै नामबाट फाउण्डेशन दर्ता गरि सामाजिक कार्य गर्ने सोचका साथ फाउण्डेशन स्थापना गरिएको हो ।

फाउण्डेशनले बेसहारा, पिछडिएका, अल्पसंख्यक, सिमान्तकृत नागरिकहरुलाई राष्ट्रको असल एवं सक्षम नागरिक बनाउन विभिन्न सचेतनामूलक कार्यक्रम, आय मूलक तथा सीप मूलक परियोजनाहरु संचालन गर्ने, अक्षयकोष, मुष्ठिदान कोष, असहाय कोष र गुठी कोषको माध्यमबाट विभिन्न सामाजिक कार्यहरु गर्ने लगायतका उद्देश्यहरु बोकेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...