Skip to main content

Babai News

गुलरियाकाे पृथ्वी पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न सरोकारवालाहरूको सक्रिय सहभागिता

Advertisement

 

बर्दिया —
गुलरिया नगरपालिका वडा नं. ८ स्थित बाईपास रोडमा रहेको “पृथ्वी पार्क” मा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

बंगलामुखी सामुदायिक सेवा केन्द्र बर्दिया, जय हरियाली अभियान, बास नेपाल तथा जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयाेजनामा सरसफाई कार्यक्रम सम्पन्न भएकाे हो ।

पृथ्वी विचारक अभियन्ता तथा जय हरियाली अभियान बर्दियाका कमल राज पाैडेल (देवकमल)ले वृक्षरोपण, सरसफाइ र हरियालीलाई प्राथमिकता दिएर पार्कको वातावरणीय महत्व बढाउन अभियानले निरन्तरता दिने बताउनुभयो ।

साेहि अवसरमा उहाँले केही दिन अगाडि राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिकमा तोडफोड गर्ने अराजक व्यक्तिहरुकाे पहिचान गरी अविलम्ब कार्यवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुराेध समेत गर्नुभयाे ।

अभियन्ता पौडेलले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता जनहितकारी अभियानमा सक्रिय सहभागिता जनाउनु पर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा बंगलामुखी सामुदायिक सेवा केन्द्र बर्दियाका अध्यक्ष अर्जुन पोखरेलले सो पार्कमा रहेको राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक केही दिन अघि अराजक व्यक्तिहरूद्वारा तोडफोड गर्ने प्रयास गरिएको जानकारी गराउँदै, झाडीका कारण पार्कमा सहज आवतजावत नहुनाले ती अराजक व्यक्तिहरूले आउँदा दिनहरूमा पुनः यस्ता गतिविधि दोहोर्याउने सम्भावना रहेकोले पार्कको सरसफाइ र निगरानी आवश्यक रहेको धारणा राख्नुभयाे ।

उहाँले भन्नुभयो, पार्कलाई हराभरा र सफा राख्न सामूहिक प्रयास आवश्यक छ । पृथ्वी पार्क गुलरियाकाे एक मात्र पार्क भएकाले यसकाे संरक्षण गर्नु हाम्रो दायित्व हो । सरसफाइसँगै पार्कको सौन्दर्य अभिवृद्धिका लागि फोहोरमैला व्यवस्थापन, झाडी सफाई र प्लास्टिक संकलन गरिएकाे छ ।

कार्यक्रममा गुलरिया नगरपालिका वडा नं.८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बनिया, बास नेपाल बर्दियाका प्रतिनिधि, स्थानीयवासी, विभिन्न संघसंस्था प्रतिनिधि र सराेकारवाला लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...