काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएका छन् ।
रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए ।
पार्टीका अनुसार अध्यक्ष श्रेष्ठले विधान विपरीत ढंगले कार्यवाहक अध्यक्ष तोकेको भन्दै उनलाई पदमुक्त गरिएको हो । पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको विषयमा पार्टीभित्र तीव्र असन्तोष देखिएको थियो ।