Skip to main content

Babai News

अमेरिकाको भारतलाई २५ प्रतिशत कर, रुससँग तेल र हतियार किनेको जरीवाना समेत लगाउने

Advertisement

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

Advertisement

ट्रम्पले सामाजिक सञ्जाल मार्फत भारतले रूसबाट हतियार र तेल किनिरहेको कारण २५ प्रतिशत करसहित जरिवाना पनि लगाउने बताएका छन् । ट्रम्पले अमेरिकासँग भारतको व्यापार घाटा धेरै उच्च रहेकोले उनीहरूले भारतीय सामानहरूमा कर लगाइने बताए ।

ट्रम्पले भनेका छन्- ‘भारत अमेरिकाको मित्र हो, तर पछिल्ला केही वर्षहरूमा अमेरिकाले भारतसँग कम व्यापार गरेको छ किनभने यसको कर धेरै उच्च छ । वास्तवमा, भारतका धेरै नीतिहरूले अमेरिकी कम्पनीहरूलाई व्यापार गर्न कठिनाइहरू सिर्जना गर्छन् । त्यस्तै भारतले अझै पनि आफ्नो अधिकांश हतियार रुसबाट किन्छ । यति मात्र होइन, भारतले चीनसँगै ठूलो मात्रामा तेल र ग्यास पनि रुसबाट किन्छ, जबकि सारा विश्व रुसले युक्रेनमा हिंसा रोक्न चाहन्छ । यी सबै कारणहरूले गर्दा, अब अमेरिकाले अगस्ट १ देखि भारतबाट आउने सामानहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । यस बाहेक जरिवाना पनि लगाइनेछ ।’

यसैबीच अमेरिकी अधिकारीहरू द्विपक्षीय व्यापार सम्झौतामा छैटौं चरणको वार्ताको लागि अगस्ट २५ मा भारत आउने बताइएको छ ।

दुवै देशहरू सेप्टेम्बर-अक्टोबरसम्ममा व्यापार सम्झौताको पहिलो चरण पूरा गर्न काम गरिरहेका छन् । यसका साथै, अन्तरिम व्यापार सम्झौताको सम्भावना पनि खोजी भइरहेको बताइएको छ ।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...