Babai News

अमेरिकाको भारतलाई २५ प्रतिशत कर, रुससँग तेल र हतियार किनेको जरीवाना समेत लगाउने

Advertisement

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल मार्फत भारतले रूसबाट हतियार र तेल किनिरहेको कारण २५ प्रतिशत करसहित जरिवाना पनि लगाउने बताएका छन् । ट्रम्पले अमेरिकासँग भारतको व्यापार घाटा धेरै उच्च रहेकोले उनीहरूले भारतीय सामानहरूमा कर लगाइने बताए ।

ट्रम्पले भनेका छन्- ‘भारत अमेरिकाको मित्र हो, तर पछिल्ला केही वर्षहरूमा अमेरिकाले भारतसँग कम व्यापार गरेको छ किनभने यसको कर धेरै उच्च छ । वास्तवमा, भारतका धेरै नीतिहरूले अमेरिकी कम्पनीहरूलाई व्यापार गर्न कठिनाइहरू सिर्जना गर्छन् । त्यस्तै भारतले अझै पनि आफ्नो अधिकांश हतियार रुसबाट किन्छ । यति मात्र होइन, भारतले चीनसँगै ठूलो मात्रामा तेल र ग्यास पनि रुसबाट किन्छ, जबकि सारा विश्व रुसले युक्रेनमा हिंसा रोक्न चाहन्छ । यी सबै कारणहरूले गर्दा, अब अमेरिकाले अगस्ट १ देखि भारतबाट आउने सामानहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । यस बाहेक जरिवाना पनि लगाइनेछ ।’

यसैबीच अमेरिकी अधिकारीहरू द्विपक्षीय व्यापार सम्झौतामा छैटौं चरणको वार्ताको लागि अगस्ट २५ मा भारत आउने बताइएको छ ।

दुवै देशहरू सेप्टेम्बर-अक्टोबरसम्ममा व्यापार सम्झौताको पहिलो चरण पूरा गर्न काम गरिरहेका छन् । यसका साथै, अन्तरिम व्यापार सम्झौताको सम्भावना पनि खोजी भइरहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...