Skip to main content

Babai News

बर्दिया लुम्बिनी प्रदेशमा छलफलको विषय बनेको छ – मन्त्री तिमिल्सिना

Advertisement

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बर्दिया अहिले लुम्बिनी प्रदेशमा विकासको सम्भावना र छलफलको प्रमुख बिषय बनेको बताउनु भएकाे छ ।

जिल्लाकाे बढैयाताल गाउँपालिका–८ स्थित पशुपतिबजारमा रहेको बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रमा आयोजित निशुल्क सहयोगी सामग्री वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले साे कुरा बताउनु भएकाे हाे ।

प्रदेशमा मन्त्री तिमिल्सिनाले जिल्लाको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायतको विकासलाई कसरी अगाडि बढाउने र समृद्धि कसरी छाउने भन्ने बिषयमा छलफल हुने उल्लेख गर्नुभयाे ।

“बर्दियाको समृद्धिलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ,” मन्त्री तिमिल्सिनाले भन्नुभयाे, “जनताको सुख–दुखमा सधैं साथ रहने मेरो दायित्व हो, सबै समुदायका लागि समान अवसर सुनिश्चित गर्न म प्रतिबद्ध छु ।”

सामाजिक विकास मन्त्री तिमिल्सिनाकाे पहलमा जिल्लाका विभिन्न पालिकाका ३१ जना अपाङ्ग व्यक्तिहरूलाई ल्यापटप, ट्राईसाइकल, व्हिल चियर र बैशाखी लगायतका सामग्री वितरण गरिएकाे बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्र, गुलरिया बर्दियाकाे अध्यक्ष नेत्र सापकाेटाले जानकारी गराउनुभयाे ।

उहाँले अपाङ्ग भएका व्यक्तिहरूलाई गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा जिल्लाभरि रहेका सम्पूर्ण अपाङ्ग व्यक्तिहरूलाई उल्लेेखित सामग्री उपलब्ध गराइदिन मन्त्री तिमिल्सिना समक्ष अनुरोध गर्नुभयो ।

कार्यक्रम सामाजिक विकास डिभिजन कार्यालय बाँकेकाे सहयाेग, बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्र, गुलरियाकाे सहकार्य र अपाङ्गता सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक नेपाल) काेहलपुर,बाँकेकाे आयाेजनामा भएकाे थियाे ।

यस्ता कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूकाे आत्मविश्वास बढाउनुका साथै समावेशीतामा आधारित समाज निर्माणका लागि बलियो आधार तयार पार्ने अपेक्षा गरिएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...