Skip to main content

Babai News

मल नपाउँदा बर्दियामा किसान आन्दोलित

Advertisement

चन्द्र वि.क.

बर्दिया–

मौसमी खेतीको अत्यन्त महत्वपूर्ण समयमा मलखाद्य नपाउँदा बर्दियाका किसानहरू आन्दोलित भएका छन् ।

मल अभावका कारण बाली उत्पादनमा समस्या बढ्न थालेपछि जिल्लाको सदरमुकाम गुलरियामा कृषकहरूले सरकारको मौनताप्रति आक्रोश व्यक्त गर्दै प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

“मल दे, खेती बचाऊ” जस्ता नारासहित किसानहरूले प्रदर्शन र र्याली आयोजना गरेर आफ्नो आवाज सुनाए । किसानहरूले मल नपाउँदा भारतबाट महँगो मूल्यमा मल ल्याउन बाध्य भएको बताउँदै तत्काल पर्याप्त मल आपूर्ति गर्न माग गरेका थिए ।

किसानहरू भन्छन्, “कृषि विकासका लागि मल आवश्यक छ, तर यसबारे सरकारले ध्यान दिएको छैन , जसका कारण किसानहरूलाई ठूलो कठिनाइ भोग्नुपरेको छ र बाली उत्पादनमा समेत प्रभाव परेको छ । सरकारले यथाशिघ्र हाम्रो माग पूरा नगरे अझ कडा आन्दोलनका कार्यक्रमहरु अघि सार्नेछौं ।”

सरकारले मलको आपूर्ति चाँडो गर्नुपर्छ, नत्र हामीहरुको मेहनत बर्बाद हुन्छ भन्दै कृषक राम बहादुर चौधरीले दुःख प्रकट गर्नुभयो । उहाँले यस्तो अवस्थामा मल वितरणको जिम्मेवारी पाएका कृषि सहकारीहरुले पनि व्यक्ति हरेर मल दिने गरेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “सहकारीहरुले आफु नजिकको मान्छेलाई छिटो र सहजै धेरै मात्रामा मल दिन्छन्, हामि गयौं भने ढिलो र थोरै मल दिएर पठाई दिन्छन्, यस तर्फ पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।”

किसानहरूले यस वर्ष मल अभावका कारण बाली उत्पादन समस्या दोहोरिन नदिन तत्काल कदम चाल्नु पर्ने लगायतको माग राख्दै प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...