Skip to main content

Babai News

भक्तपुरमा एकै दिन २२ हजारको सहभागितासहित विशाल मेकअप कार्यशाला, एसिया बुक अफ रेकर्डमा नाम दर्ताको तयारी

Advertisement

काठमाडौं –

युथ इको नेपालले एकै दिन २२ हजार सहभागीलाई मेकअप सीप सिकाउने उद्देश्यसहित भोलि (मंगलबार) भक्तपुरको थिमिमा भव्य कार्यशाला आयोजना गर्दैछ। यसमार्फत संस्थाले एसिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गराउने तयारी गरेको छ।

कार्यक्रम बिहान १० बजेबाट सुरु हुने र दिनभर चल्नेछ। कार्यशालामा मेकअपसँग सम्बन्धित विभिन्न सीप—जस्तै फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्ट लगायतका सीप सिकाइने युथ इको नेपालका सचिव सुजन अधिकारीले जानकारी दिए। उनका अनुसार, यो कार्यक्रमले हजारौं युवालाई सीपसँग जोड्नेछ र भविष्यमा रोजगारीका अवसर सिर्जना गर्ने आधार बनाउनेछ।

युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलका अनुसार, हरेक शनिबार मेकअप सीप सिकाउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। यस पटकको कार्यक्रमका लागि ३२ हजारभन्दा बढी व्यक्तिले आवेदन दिएको भए पनि छनोट गरेर २२ हजारलाई मात्र सहभागी गराइने तयारी भएकाे हाे । कार्यक्रम सञ्चालनका लागि ३० वटा मेकअप स्टुडियो तयारी अवस्थामा राखिएको छ भने करिब १०० दक्ष प्रशिक्षकले प्रशिक्षण दिनेछन्।

यस कार्यशालालाई उत्साह दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न दलका नेता, कलाकार र सामाजिक अभियन्ताहरूको पनि उपस्थिति रहने आयोजकले जनाएको छ।

एसिया बुक अफ रेकर्डमा दर्ता गर्न आवश्यक सबै प्रक्रिया पूरा भएको र यसअघि नेपालमा यति ठूलो संख्यामा मेकअप सीप प्रशिक्षण नभएको आयोजकको दाबी छ। कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति, अनुभव साझा र अन्य अन्तरक्रियात्मक गतिविधिहरू पनि समावेश गरिने जनाइएकाे छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...