Skip to main content

Babai News

करिब ३ लाख बराबरको अवैध फेन्सी सामान बर्दिया प्रहरीको नियन्त्रण

Advertisement

रन्जित बिक्रम शाह

बर्दिया –

बर्दिया प्रहरीले करिब तीन लाख बराबरको अवैध फेन्सी सामान नियन्त्रण लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत रहेको इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी गस्ती टोलीले ठूलो परिमाणको अवैध फेन्सी सामान नियन्त्रण लिएको हो ।

जिल्लाको मधुवन नगरपालिका वडा नं. ३ स्थित धनौरा सिमलचोकमा प्रहरीले अवैध रूपमा नेपाल ल्याउँदै गरेको फेन्सी कपडा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

शुक्रबार राति करिब ९ः३० बजेको समयमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको ३ सय १० पिस फेन्सी सामान पक्राउ गरिएको प्रहरीले बताए ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामानमा २ सय ६८ पिस कुर्ता–सुरुवाल र ४२ पिस बच्चाको फ्र्याक समावेश छन् । बरामद सामान आवश्यक कारबाहीका लागि गुलरिया भन्सार कार्यालय पठाइएको छ ।

बर्दिया प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै अवैध क्रियाकलाप नियन्त्रण गर्न सीमामा निगरानी समेत कडा पारिएको प्रहरीद्धारा जनाईएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...