Skip to main content

Babai News

अपरिचित फोन कल र अफवाहप्रति सचेत रहन बर्दिया प्रशासनको आग्रह

Advertisement

बर्दिया —

जिल्ला प्रशासन कार्यालय, बर्दियाले अपरिचित फोन कल र अफवाहप्रति सचेत रहन आग्रह गरेको छ ।

प्रशासनले पत्र जारी गर्दै सामाजिक संजाल र अपरिचित फोन कलमार्फत फैलिरहेका ठगी, झूटा सूचना र अफवाहबाट सचेत रहन सबै नागरिकलाई आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतद्वारा जारी पत्रमा विगत केही समयदेखि सामाजिक संजालमा विभिन्न खालका झूटा फोनकल, समाचार, अफवाह तथा गलत सूचना अत्यावश्यक रूपमा फैलिरहेको र जनसमुदायमा भय, असमझदारी, सामाजिक द्वन्द्व आर्थिक रुपमा ठगी लगायतको घट्ना बढिरहेको उल्लेख गरिएको छ ।

प्रशासनले उल्लेखित घट्ना प्रति ध्यानाकर्षण गराउँदै फोन कल, मेसेन्जर र अन्य सञ्चार माध्यमबाट विदेश पठाउने, पुरस्कार पाउने जस्ता प्रलोभन देखाई खातामा रकम हाल्न लगाउने गतिविधि ठगी कार्य भएको बताएको छ ।

पत्रमा भनिएको छ, कुनै पनि अपरिचित नम्बरबाट फोन आएपछि त्यसको सत्यता पत्ता नलगाई तत्काल विश्वास नगर्नुहोला । परिचित नम्बरबाट आएको सूचना भए पनि पुष्टि गरी अरूलाई जानकारी गराउनुहोला ।

प्रशासनद्वारा जारी पत्रमा थप सचेतना फैलाउन सामाजिक संजालमा अपमानजनक, विभेदकारी तथा द्वन्द्व उत्पन्न गर्ने शब्द प्रयोग नगर्न, स्थानीय प्रशासनसँग सम्बन्धित कुनै समस्या भएमा प्रत्यक्ष कार्यालयमा सम्पर्क गरी वैध माध्यमबाट जानकारी लिन र फेक फोन कल, भ्रामक सूचना पाएमा तुरुन्त प्रशासन कार्यालय वा प्रहरीलाई जानकारी दिन समेत सुझाव दिईएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले सबै नागरिकलाई सामाजिक संजाल र सञ्चार माध्यमहरूको जिम्मेवार प्रयोग गरी समाजमा शान्ति, सद्भाव र विकास कायम राख्न अनुरोध गरेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...