Skip to main content

Babai News

आयोगको निर्णय, नाउपाको अध्यक्षमा रञ्जिता यथावत

Advertisement

काठमाडौं –

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठ यथावत रहने निर्णय गरेको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानका आधारमा श्रेष्ठ नै अध्यक्ष कायम रहने निर्णय गरेको हो ।

साउन १५ गते काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गरी आयोगमा अद्यावधिक गर्न निवेदन थियो ।

आयोगले पार्टी दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा चौधरीको नाम समावेश नभएकाले उहाँलाई अध्यक्षको रूपमा मान्यता दिन नसकिने निर्णय गरेको समेत स्रोतले जानकारी गराए ।

स्रोत भन्छन्, बर्दियाबाट २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मात्र चौधरी नाउपामा प्रवेश गरेको थिए ।

स्रोतका अनुसार, चौधरी पार्टीका संरक्षक तथा संस्थापक नेता रेशम चौधरीका पिता हुन् । भने श्रेष्ठ पत्नी हुन् । पत्नी श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै बाबु लालवीर चौधरीलाई अध्यक्ष बनाएका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...