Skip to main content

Babai News

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु, गुलरियामा स्थानीयद्वारा प्रदर्शन

Advertisement

बर्दिया —

बर्दियाको गुलरिया नगरपालिका वडा नं. १२, भैसाहीमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार बेलुकी खेतमा धान गोड्न गएकी ४५ वर्षीया जगतरानी थारु शनिबार बिहान खेत नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी हुन् ।

घटनापछि स्थानीयबासीले गुलरिया बजारमा ¥याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियालाई बाघ नियन्त्रणमा लिन र अब यस किसिमको घटना नदोहरिने सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने लगायतका माग गरेका छन् ।

घटनास्थलमा मृतकको साइकल, घाँस भएको बोरा, फरुवा र हँसिया फेला परेको थियो । त्यहाँ चितुवाको पञ्जाको छाप र रगतको टाटो पनि देखिएको थियो ।

स्थानीय सुरज चौधरीले मृतकको शरीर टाउको अलग भएको अवस्थामा फेला परेको जानकारी दिँदै भन्नुभयो, “यस क्षेत्रमा पटक–पटक चितुवा, पाटेबाघ देखिँदै आएका छन् । सम्बन्धित निकायलाई जानकारी दिँदा पनि चासो दिइएको छैन ।”

चौधरीले मृतकका श्रीमान् रामलखन थारु रोजगारीका लागि जुम्ला र जेठा छोरा विकास थारु पोखरामा रहेको बताउनुभयो । अचानक भएको घटनाले गाउँमा त्रास फैलाएको स्थानीयले बताएका छन् ।

बर्दिया अस्पतालमा पोस्टमार्टम गरी राखिएको शवलाई घर परिवार तथा स्थानीयले चितुवा बाघ नियन्त्रण नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

पछिल्लो समय बर्दियामा चितुवा, पाटेबाघ लगायत वन्यजन्तुको आक्रमण बढ्दै गएको छ, जसले मानिस र पशुपन्छीमा ठूलो क्षति पु¥याइरहेको छ । मानव–वन्यजन्तु सह–अस्तित्व कायम राख्न सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्नु पर्ने देखिन्छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...