Skip to main content

Babai News

लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

Advertisement

काठमाडौँ । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ ।प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको सहमतिको विरोध गरेका छन् ।एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको विरोध गर्दै यस विषयमा ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले लिपुलेकको विषयमा सबै राजनीतिक दल एक ठाउमा आउनुपर्ने बताउदै यस विषयमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।त्यस्तै माओवादी केन्द्रका सांसद पूर्ण बहदुर घर्ति, एमाले सांसद ठाकुर गैरेले पनि लिपुलेकको विषयमा भएको सहमतिको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । एमाले सांसद गैरेले भारतले गलत दाबि गरेको भन्दै यो दाबि अत्यन्त डरलाग्दो भएको बताए । उनले नेपालले पेश गरेका प्रमाणले लिपुलेकसहितका भुमी नेपालकै रहेको पुष्टि हुने भन्दै यस विषयमा भारतको ध्यानकर्षण गराउनुपर्ने बताएका छन् । सांसद गैरेले भारतको अभिव्यक्ति र चीनसँगको सहमतिको सबै राजनीतिक दल र सांसदहरुले विरोध गर्नुपर्ने बताए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...