Babai News

आज तीन फिल्म प्रदर्शनमा

Advertisement

काठमाडौँ । आजदेखि फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ प्रदर्शनमा आएका छन् ।

फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ लाई हलहरूले बढी प्राथमिकता दिएका छन् । फिल्म ‘माग्ने राजा’लाई देशभर १४५ र ‘जनै हराएको मान्छे’लाई ११५ हाराहारीमा शो उपलब्ध गराइएको छ भने फिल्म ‘ताराहरू’ ले केवल ३० शो मात्र पाएको देखिएको छ । तर, शो संख्या पहिलो दिनमा दर्शकको साथ अनुसार दोस्रो दिनदेखि परिवर्तन हुदै जाने हुन्छ ।

फिल्म ‘माग्ने राजा’ मा अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले मुख्य भूमिका निभाएका छन् भने फिल्ममा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय रहेको छ । ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मका निर्माता मुनाल घिमिरे हुन् ।

त्यस्तै बाबु-छोरा र दिदी-भाइबीचको सम्बन्धको कथामा बनेको फिल्म ‘जनै हराएको मान्छे’ मा अभिनेता विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटालगायतको अभिनय रहेको छ । हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बनेको यो फिल्मलाई कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

त्यसैगरी फिल्म ‘ताराहरू’लाई कलाकार आशान्त शर्माले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । यसमा आशान्त स्वयंको मुख्य भूमिका छ भने मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...