Skip to main content

Babai News

बर्दियामा सशस्त्र प्रहरीको ठूलो सफलता, ४८ लाखको विद्युतीय चुरोट नियन्त्रणमा

Advertisement

बर्दिया —

सशस्त्र प्रहरीले बर्दियामा ठूलो मात्राको अवैध विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) नियन्त्रणमा लिएको छ ।

जिल्लाको मधुवन नगरपालिका–५, गाउँ नं. १० फुलाराम चोकबाट भारततर्फ तस्करी हुँदै गरेको ४८ लाख रुपैयाँ बराबरको १ हजार ९ सय २० थान विद्युतीय चुरोट सशस्त्र प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको नेतृत्वमा खटिएको गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले जानकारी गराउनुभयो ।

उहाँले ‘स्पेशम्यान एसपी चालिस हजार’ सो विद्युतीय चुरोटको नाम रहेको बताउँदै प्रति थान २ हजार ५ सय रुपैयाँ बजार मूल्य रहेको उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक शाहीका अनुसार बरामद सामान आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाईएको छ । नेपाल–भारत खुला सिमानाका कारण यस्ता अवैध सामानहरूको तस्करी लगायतका क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीले गस्ती कडाइ गरेको छ ।

विशेष सुराकीको आधारमा खटि गएका सशस्त्र प्रहरी टोलीलाई देख्नेबित्तिकै तस्करीमा संलग्न व्यक्तिहरू सामानसहितका दुई वटा साइकल छोडेर भारततर्फ फरार भएको बताइएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...