Skip to main content

Babai News

भारतबाट सञ्चालित अनलाइन ठगीमा बर्दियाका युवाहरूको संलग्नता

Advertisement

बर्दिया –

भारतबाट सञ्चालित अनलाइन ठगी प्रकरणमा बर्दियाका तीन जना युवाहरूलाई इलाका प्रहरी कार्यालय ढोढरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत उपहार पठाइदिने प्रलोभन देखाई भन्सार शुल्क र अन्य नाममा रकम असुल्ने कार्यमा उनीहरू संलग्न रहेको आरोपमा मधुवन नपा, ढोढरी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको बारबर्दिया न.पा. ६ को जगतराम थारू, बारबर्दिया न.पा. ११ को बिर बहादुर सुनार र मुख्य अभियुक्त बारबर्दिया न.पा. ११ कै बिनामिन बि.क. रहेका छन् ।

भारतीय नम्बर +918160182882 बाट २०८२ असार ३२ गतेदेखि साउन २ गतेसम्म मधुवन नपाको एक महिलालाई निरन्तर भिडियो कलमार्फत ‘तपाईँको नाममा महँगा सुनका गहना उपहार आएको छ, तर भन्सार शुल्क तिर्नुपर्छ’ भन्दै रकम माग गरी ठगी गरिएको प्रहरीले जानकारी गराए ।

प्रहरीका अनुसार रकम नपठाए वा कसैलाई जानकारी गराएमा अश्लील फोटो तथा भिडियो श्रीमान् वा आफन्तलाई पठाइदिने धम्की समेत दिइएको पीडितको उजुरीमा उल्लेख छ । लाज र बदनामीको डरले पीडितले मोबाईल बैंकिङ्ग तथा कनेक्ट आइपीएस मार्फत विभिन्न बैंक खातामा रकम पठाइन् ।

अनिता सुनारको नेपाल बैंक लिमिटेड धनगढी शाखाको खातामा रु. १ लाख ९५ हजार, जगतराम थारूको गरिमा विकास बैंकको खातामा रु. १ लाख ३५ हजार, विष्णु ज्ञवाली को नाममा रु. ४० हजार, क्रिशल कार्कीको खातामा रु. १२ हजार र अन्य गरी जम्मा रू. ३ लाख ८५ हजार रकम पठाउन लगाई ठगी गरिएको व्यहोरा सहित पीडितले यहि भदौ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

उक्त उजुरीका आधारमा अनुसन्धान गर्दा निज थारू, सुनार र मुख्य अभियुक्त बि.क.ले “गरिबलाई सहायता गर्ने भारतीय संस्था” को नाममा खाता खोल्ने व्यक्तिहरू बनाउने आफैं, परिवार र परिचितका नाममा बैंक खाता खोलिदिने र ईसेवा तथा खल्ती खाता खोलेर पासवर्ड/आईडि भारतीय मेनेजरलाई पठाइ ५/६ महिना अघि देखि करिब ८ लाख रुपैयाँ प्राप्त गरेको बताए ।

प्रहरीका अनुसार हालसम्म १५ जनाको संलग्नतामा २ सय ३९ भन्दा बढी बैंक खाता खोलिएको छ । १०/१० वटा ईसेवा र खल्ती खातासमेत दुरुपयोग भएको छ । ठगी कार्यमा संलग्न अभियुक्तविरुद्ध मुद्दा दर्ता गरी अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले यस किसिमका घटना तथा अनलाइन ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै सामाजिक सञ्जालमा नचिनेका व्यक्तिले पठाएका म्यासेज, लिङ्क, फोटो वा भिडियोमा विश्वास नगर्न, विदेशबाट महँगा उपहार पठाइदिन्छु भन्ने प्रलोभनमा नपर्न, आफन्त बिरामी वा जेलमा परेको भन्दै आपतकालीन पैसाको माग भएमा पुष्टि गरेर मात्र कदम चाल्न, आफ्ना बैंक खाता नम्बर, मोबाइल बैंकिङ्ग पासवर्ड वा सिमकार्ड अरुलाई कहिल्यै नदिन र ठग्ने आफ्नै नजिकका आफन्त वा साथीसमेत हुनसक्ने भएकाले सजग रहन अनुरोध समेत गरेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
2
+1
2

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...