बर्दियाको बिभिन्न क्षेत्रमा केही व्यक्तिहरूको समूहले ताेडफाेड गरेपछि अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाे छ ।
देश व्यापी रूपमा भाद्र २४ गते भएकाे जेनजी आन्दोलनकाे समर्थनमा सदरमुकाम गुलरिया सहित जिल्लाकाे विभिन्न पालिकामा र्याली निकालिएकाे थियाे ।
र्याली शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि राति केही व्यक्तिहरूको समूहले गुलरिया नगरपालिका कार्यालय र संघीय सांसद संजय कुमार गौतमको घरमा तोडफोड र आगजनी गरेका थिए । स्थिति थप जटिल हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले मंगलबार राती ११ : ०० बजे देखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।
कर्फ्यु जारी भएपछि गुलरिया बजार र आवागमन ठप्प बनेको छ। सुरक्षा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाले सडक तथा संवेदनशील स्थानहरूमा निगरानी कडा पारेका छन् ।
प्रशासनले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानीयवासी भने अचानक कर्फ्यु लगाइँदा जनजीवन प्रभावित भएको गुनासो गरिरहेका छन् ।