Skip to main content

Babai News

तोडफोडपछि बर्दियामा अनिश्चितकालीन कर्फ्यु, सेना र सशस्त्र प्रहरी परिचालन

Advertisement

बर्दियाको बिभिन्न क्षेत्रमा केही व्यक्तिहरूको समूहले ताेडफाेड गरेपछि अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाे छ ।

देश व्यापी रूपमा भाद्र २४ गते भएकाे जेनजी आन्दोलनकाे समर्थनमा सदरमुकाम गुलरिया सहित जिल्लाकाे विभिन्न पालिकामा र्‍याली निकालिएकाे थियाे ।

र्‍याली शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि राति केही व्यक्तिहरूको समूहले गुलरिया नगरपालिका कार्यालय र संघीय सांसद संजय कुमार गौतमको घरमा तोडफोड र आगजनी गरेका थिए । स्थिति थप जटिल हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले मंगलबार राती ११ : ०० बजे देखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।

कर्फ्यु जारी भएपछि गुलरिया बजार र आवागमन ठप्प बनेको छ। सुरक्षा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाले सडक तथा संवेदनशील स्थानहरूमा निगरानी कडा पारेका छन् ।

प्रशासनले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानीयवासी भने अचानक कर्फ्यु लगाइँदा जनजीवन प्रभावित भएको गुनासो गरिरहेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...