Babai News

बर्दिया प्रशासनको निर्णयः कर्फ्यू हट्याे, आंशिक निषेधाज्ञा कायम

Advertisement

बर्दिया-

जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा पछिल्ला केही दिनयता जारी गरिएको कर्फ्यू हटाईएकाे छ ।

कर्फ्यू हटाई प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सदरमुकाम गुलरियाको केही क्षेत्रमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आंशिक निषेधाज्ञा जारी गरेकाे हाे ।

यहि भदौ २३ गते गुलरिया बजार क्षेत्रमा उच्छृंखल समूहले सुरक्षाकर्मी र सरकारी कार्यालयमाथि गरेकाे आक्रमण र २४ गते जेन जेड (Gen-Z) समूहको देशव्यापी आन्दोलनका क्रममा गुलरिया नगरपालिका क्षेत्रमा आगजनी र तोडफोडका घटना भएकापछि कर्फ्यू लगाइएको थियो ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा सहयोग पुर्याएकोमा जिल्लावासीप्रति धन्यवाद व्यक्त समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नागरिकको अनुशासन, धैर्यता र सुरक्षाकर्मीलाई देखाइएको साथका कारण सम्भावित अप्रिय घटना टार्न हामिलाई सहज भयाे । शान्ति, कानूनको पालना र आपसी सद्भाव सबैको सामूहिक जिम्मेवारी हो । सहयोग र संयम जारी राख्न नागरिकसँग अपिल छ ।”

प्रशासनले अझै सतर्क रहन आग्रह गर्दै शंकास्पद गतिविधि, असामान्य भीडभाड वा अराजक संकेत देखिएमा तत्काल प्रहरी वा सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेको छ ।

निषेधाज्ञा भने गुलरियाकाे पूर्वमा गणेशपुर चोक, पश्चिममा बबई क्याम्पस, उत्तरमा जिल्ला समन्वय समितिको कार्यालय र दक्षिणमा भारतीय सीमा नाकासम्म जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...