बर्दिया, चैत १९ गते

बर्दिया जिल्लाका १५ वटा सामुदायिक विद्यालयलाई खानेपानी सरसफाई तथा स्वच्छता संरचनाहरु मर्मत संभार तथा नयाँ निर्माण गरिएका संरचना छुटाछुटै कार्यक्रमको आयोजना हस्तान्तरण गरिएको छ । गुलरिया र बारबर्दिया नगरपालिकाका ५/५ वटा, ठाकुरबाबा नगरपालिकाको २, मधुवन नगरपालिकाको १ वटा र गेरुवा गाँऊपालिकाको २ वटा विद्यालयमा आईतबार हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार चौधरी विद्यालयलाई तिन तारा पु¥याउनका लागि प्रदेश सरकारले सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो । पहुँचयुक्त खानेपानी सरसफाई तथा स्वच्छता सुविधाले विद्यालयमा सुन्दरतासंगै शैक्षिक गुणस्तर बढाउनमा सहयोग पुग्ने अपेक्षा लिनु भएको छ । उक्त संरचनाको दिगोब्यबस्थापनका लागि विद्यालय परिवार र समुदाय सचेत हुनुपर्ने बताउनु भएको छ । यस अघि निर्माण भएका कतिपय संरचनाहरुमा समुदायबाट नै क्षति पुर्याएको पाईएकोले अभिभावक शिक्षाको आवश्यकता रहेको औल्याउनु भएको छ । सरकारी स्तरबाट गर्नु पर्ने कामलाई गैरसरकारी निकायबाट लगानी गर्नु सह्रानीय कार्य भएको भन्दै धन्यबाद ज्ञापन गर्नु भएको छ । सहयोगी संस्थाहरुलाई यसरी नै निरन्तर हाँतेमालोको अपेक्षा गर्नु भएको छ । साँसद चौधरीले तीनै तहका सरकारले विद्यालयको सुधार तथा संरचना निर्माणका लागि कामहरु गर्नु पर्ने बताउदै आफुले प्रदेश सरकारबाट सहयोग गर्न तयार रहेको बताउनु भएको छ । गेरुवा गाँउपालिकाका अध्यक्ष जमान सिंह केसीले बेसले बनाएको पहुँच युक्त संरचनाहरुको संरक्षण र दिगो प्रयोगको जिम्मेवारी विद्यालय, वडा र पालिकाको रहेको बताउनु भयो । गुलरिया नगरपालिकाका उपप्रमुख साबित्रा गौतमले सामान्य खर्चले विद्यालयका खानेपानी सरसफाई तथा स्वच्छता संरचनाहरु मर्मत संभार गर्न सकिने जसका लागि विद्यालयले मर्मत संभारका लागि प्राथमिकता राख्नुपर्ने सुझाव दिभएको छ । विद्यालय अनुगमनको क्रममा बारबर्दिया नगरपालिकाका उप प्रमुख रत्ना कुमारी पाण्डेले बेस संस्थाले थोरै लगानीमा धेरै संरचनाहरु प्रयोगमा ल्याउन सकिने र थोरै श्रोतले धेरै संख्यमा सेवा दिन सकिने एक उदाहरणिय कार्य भएको छ । यो पालिकाको लागि राम्रो सिकाई हो हामिले नयाँमा मात्र ध्यान दिनु भन्दा भएकालाई संरक्षण र दिगो प्रयोग गर्नु पर्छ त्यसका लागि मर्मत संभारका लागि कार्यविधि तयारी प्रकृया अगाडी बढाएको जानकारी गराउनु भएको छ । कार्यक्रममा वाटर एडका परियोजना प्रबन्धक उमाशंकर यादबले नेपाल सरकारको खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि २०७४ को कार्यन्वयनका लागि पुलको काम गरेको बताउनु भएको छ । विद्यालयहरुमा खानेपानी सरसफाई तथा स्वच्छताको लागि आवश्यक पर्ने आर्थिक, प्राविधिक सहयोग गरेर निर्माण तथा मर्मत सम्भार गरिएका संरचनाहरु साथै सामाग्रीहरु हस्तान्तरण गरेको बताउनु भएको छ । यसको प्रयोग र संरक्षणमा विद्यालय परिवार र समुदाय सचेत हुनु पर्ने बताउनु भएको छ । उहाँले प्रदेश सभा संचालन भएको बेलामा वासको बारेमा बहसको रुपमा आवाज उठाईदिनका लागि प्रदेश सांसदलाई आग्रह गर्नु भएको छ । जसले लुम्बिनी प्रदेश भरी खानेपानी सरसफाई र स्वच्छताको क्षेत्रमा नमुना बन्न सक्ने बिश्वास ब्यक्त गर्नु भएको छ । बेस संस्थाको द्वारा गुलरिया नगरपालिकाको ५ विद्यालय, मधुवन नगरपालिकामा १ विद्यालय, ठाकुरबाबा नगरपालिकामा २ विद्यालय, बारबर्दिया नगरपालिकामा ५ विद्यालय र गेरुवा गाँऊपालिकामा २ विद्यालय गरि जम्मा १५ वटा विद्यालयमा रु २ करोड ६१ लाख ४५ हजार १ सयको अनुमानित बजेटमा खानेपानी, हातधुने स्थान शौचालयका नयाँ निर्माण तथा पुराना संरचनाको मर्मत गर्ने योजना रहेकोमा जम्मा २ करोड ५८ लाख ३३ हजार ५ सय ४९ रुपैयाँको बास्तविक खर्च रहेको बेस संस्थाका प्राविधिक इन्जिनियर वसन्त यादवले जानकारी दिनु भयो । पहुँचयुक्त शौचालय निर्माण, पुराना शौचालयहरुको मर्मत संभार, तुटी सहित हात धुने स्थान, खानेपानी सुद्धिकरण सहित तुटीहरु जडानमा सहयोग र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । निर्माण तथा मर्मत गरिएको संरचनामा प्रयोगका लागि प्रत्येक विद्यालयमा ५ लिटरको ५ पिस बालटिन, आधा लिटरको ५ वटा जग, एक सय ग्रामको हात धुने सावुन ४ सय पिस, आधा लिटरको शौचालय सफाई केमिकल(हर्पिक) ५ पिस, शौचालय ब्रस ५ पिस, १० लिटरको डस्टविन (प्याड ब्यबस्थानकाको लागि) ५ पिस, ४० लिटरको डस्टविन १५ पिस, पाईप रिन्च २ पिस, सलाई रिन्च २ पिस, हेक्सो ब्लेड फ्रेम (पाँच वटा ब्लेड सहित) एक पिस, उपकरण बक्स र प्राथमिक उपचारको समान बक्स पनि हस्तान्तरण गरिएको छ । खानेपानी सरसफाई तथा स्वच्छताका संरचनाहरुलाई मर्मत गरि पहुँचयुक्त, प्रयोग योग्य तथा लैङ्गिक मैत्री बनाइएको छ भने नभएका स्थानमा नयाँ निर्माण गरिएको छ । उक्त संरचनाहरु वाटर एड नेपालको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महाँसघ नेपाल र नेपाल प्रजनन् स्याहार केन्द्रको प्राविधिक सहयोगमा बेस संस्थाद्वारा संचालित वास गेन्स परियोजनाको सहयोगमा निर्माण गरिएको हो । परियोजनाले बर्दिया जिल्लाको गुलरिया, ठाकुरबाबा, बारबर्दिया, मधुवान नगरिपालिका र गेरुवा गाँउपालिकाका ३३ वटा विद्यालयका १३ हजार ५ सय बालबालिकालाई सरसफाई सुविधा उपलब्ध गराउनुका साथै स्वच्छकर बानीसुधार र महिनावारी स्वच्छताका कार्यक्रमहरु गरि विद्यालयको पढाईको गुणस्तरमा बृद्धि गरी दिगो विकासको लक्ष्य ४ लाई सहयोग गर्ने लक्ष्यका साथ काम गर्ने रहेको छ । विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यविधि २०७४ अनुसार विद्यालयमा स्वच्छता सुविधामा ३ तारा पु¥याउनका लागि आवश्यक संरचना निर्माणका साथै विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति र बाल तथा किशोरी क्लवहरुलाई क्षमता विकासको कामहरु भैरहेको तालिम अधिकृत दुर्गा बहादुर चौधरीले जानकारी दिनु भयो । हस्तान्तरण कार्यक्रमहरुमा प्रदेश सासंद राजकुमार चौधरी, सम्बन्धित पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाका वडा अध्यक्षहरु, सदस्यहरु, प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यार्थी, अभिभावक लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box