शुभकामना, शुभकामना, यो नयाँ बर्षको ।
मनमा छावस बहार सधै, खुशी र हर्षको ।।
कामना गर्छु म त सधैं, तारासरी चम्किरहनु ।
सफल्तालाई पच्छायाउदै, निरन्तर लम्किरहनु ।।
सम्झना लायक सफल्ताको, ईतिहास लेखीरहनु ।
उज्जवल बनाउन, भविश्यको सपना देखीरहनु ।।
शुभकामना, शुभकामना, यो नयाँ बर्षको ।
मनमा छावस बहार सधै, खुशी र हर्षको ।।
लक्ष्य र योजनाको साथ, अघी बढीरहनु ।
दृढता मनोवलको साथ, शिखर चढीरहनु ।।
सबका पुरा हुन रहर, पुरा हुन सबै मनका चाहना ।
सबको शुभ होस, प्रगती होस, यही छ शुभकामना ।।
शुभकामना, शुभकामना, यो नयाँ बर्षको ।
मनमा छावस बहार सधै, खुशी र हर्षको ।।
उही ः होमेन्द्र थापा
नयाँ बर्ष आरम्भ २०८१

Facebook Comments Box