होमेन्द्र थापा, बर्दिया
बैशाख १४ गते
गुलरिया नगरपालिकाले संचारकर्मीहरुको राय सुझाव लिएको छ । पालिकामा भएका वा रहेका कामहरुको बारेमा संचारकर्मीहरुलाई जानकारी गराउने, काम प्रति राय सुझाव लिने, भए गरेका कमीकम्जोरीलाई आगामी दिनहरुमा सुधारेर अघी बढने उद्देश्यका साथ राय सुझाव लिएको पालिकाले जनाएको छ ।
विहीवार गुलरिया नगरपालिकाको आयोजनामा भएको संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रममा संचारकर्मीहरुको राय सुझाव पश्चात बोल्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले पालिका वा आफ्नो व्याक्तिगत कमीकम्जोरी भए सच्चाएर जाने बताउनु भएको छ । वहाँले संचारकर्मीहरुको साथ र सहयोग पाए पालिकाको विकासले गति लिने विश्वास समेत लिनु भएको छ । गुलरियामा १ कक्षा देखी १२ कक्षा सम्म निशुल्क शिक्षा दिदैआईरहेको जानकारी गराउदै विद्यालयहरुमा निगरानी बढाउन, विज्ञापन, सुचनामा स्थानीय मिडियालाई प्रथामिक्त दिने, मिडिया निति बनाउने, बजारमा सिसि क्यामराको प्रकृयालाई अगाडी बढाउने, असाहाय टुहुरो बालबालिकालाई आर्थिक सहयोग गर्ने र अब आउने आर्थिक बर्षमा बर्दियाका ४ वटा पत्रकार संगठनलाई २ लाख बराबरको भिडियो क्यामरा उपलब्ध गराई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उप प्रमुख साबित्रा गौतमले गुलरिया नगरपालिकाको न्यायिक समितिमा करिब ५ सय मुद्दा दर्ता भएको र करिब ४ सय मुद्दा निवारण भएको जानकारी दिनु भयो । पछिल्लो समय बालबालिकाहरुमा मोवाइल लभ पनर्,े सानैमा विवाहा गर्ने, जन्म दर्ता बनाउन समस्या आउने लगाएतका थुप्रै घटनाहरु न्यायिक समितिमा आउने गरेको गौतमले बताउनु भयो । यसै गरी पालिकाका लेखा अधिकृत रुप सिंह खत्रीले पालिकाले गरेको भौतिक तथा आर्थिक विकास प्रगतीको बारेमा संचारकर्मीलाई जानकारी गराउनु भएको थियो ।
पालिकाले आयोजना गरेको संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा संचारकर्मीहरुले पालिकाले गरेको राम्रो कामको प्रशंसा, गर्नुै पर्ने कामहरु र समस्याको बारेमा जानकारी र अनुरोध गर्नुको साथै भईरहेको नजायज कामहरु र कमीकम्जोरीको खबरदारी समेत गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, उप प्रमुख साबित्रा गौतम, प्रशासकिय अधिकृत ओमकार शाह, योजना अधिकृत तथा सुचना अधिकारी मुकुन्द अर्याल, लेखा अधिकृत रुप सिंह खत्री, शिक्षा शाखा प्रमुख सतिश यादव, वडा अध्यक्षहरु, पालिकाका अन्य कर्मचारीहरु लगाएत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box