बर्दिया, बैशाख १५ गते
बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले बाल विकास केन्द्र मानिसको ब्यक्तित्व बनाउने पहिलो खुड्कीलो रहेको बताउनु भएको छ । प्राम्भिक बालविकास सम्वन्धि प्रारिम्भक बालबिकास केन्द्रका शिक्षकहरुका लागि १० दिने क्षमता विकास तालिमको समापन कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो ।
जन्म दिने आमा पछिको शिक्षाको ज्योति दिने दोस्रो आमा भनेका शिक्षकहरु नै रहेको बताउनु भएको छ । बच्चालाई भबिष्यमा क्षमतावान, योग्य र दक्ष जनशक्ति उत्पादन गर्नमा शिक्षाको नै रहेकोले शिक्षक कर्मदिने आमाको रुपमा लिन सकिने बताउनु भएको छ । बारबर्दिया नगरपालिकाले शिक्षाक्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । बाल विकासका शिक्षकहरुलाई पालिकाले पनि तालिम प्रदान गरिरहेको र सहयोगी संस्था प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रले शिक्षा क्षेत्रमा ईटा थप्ने काम गरिरहेको बताउनु भएको छ । साथै सहयोगी निकायहरुले कार्यक्रमको निरन्तरताको अपेक्षा पनि गर्नु भएको छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठले तालिम समापन गर्दै पालिकाहरुको सामन्वय र सहकार्यमा कार्यक्रमहरु संचालन गरीरहेको बताउनु भएको छ । पालिका तथा सरोकारवालाहरुको सल्लाहसुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्न संस्था तयार रहेको बताउनु भएको छ ।
तालिमको प्रशिक्षक तथा सेतो गुराँस बाल विकास सेवाकी प्रशिक्षक झलकुमारी कार्कीले नेपाल सरकारको पठ्यक्रमले निर्धारण गरेको बिषयबस्तुलाई समेटेर सहभागीहरुलाई शैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले आफुले सिकाएको बताउनु भएको छ । तालिमको समापन भएपनि तालिममा सहभागीहरुको काम भने शुरु भएको बताउनु भएको छ । जसरी तालिममा सक्रियहरुमा शैक्षिक सामाग्रीले सजाउनु भएको छ । त्यसरी नै कक्षाकोठामा सहजाउने अपेक्षा लिएको बताउनु भएको छ ।
कार्यक्रममा सहभागी ठाकुरबाबा नगरपालिकाकी बाल विकास शिक्षक गायत्री पौडेल पोखरेलले १० दिने तालिम उपलब्धी मुलक भएको बताउनु भएको छ । बालबालिकाको शिक्षणसिकाई क्रियाकलापमा सहयोग पुग्ने बताउनु भएको छ ।
बर्दिया जिल्लाको बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाँउपालिका गरी ४ वटा पालिकाका २० जना बाल विकास शिक्षकहरुको सहभागिता रहेको थियो ।
यहि बैशाख ६ गते देखि शुरु भएको आज सनिबार तालिमको समापन गरिएको छ। बालबालिकाका ज्ञान, सिप र व्यवहारलाई बालबालिकाहरूको विकासात्मक अवस्था, क्षमता र अभिरुचि अनुसार प्रभावकारी शिक्षणका लागि विषयवस्तुगत ज्ञान तथा शिक्षण सिप विकासमा जोड दिएको छ । बालबालिकाको विकास तथा सिकाइ उपलब्धि मूल्याङ्कन, प्रगति, विश्लेषण तथा उपचारात्मक शिक्षण सञ्चालनका बहुआयामिक तौरतरिकाको बारेमा छलफल गराईएको छ । बालबालिकाको विकास तथा सिकाइमा प्रयोग योग्य विविध शैक्षणिक सामग्री निर्माण गर्ने तत्परता तथा सिप अभिवृद्धि गर्न सहयोग पुर्याउने उदेश्यका लागि तालिमको आयोजना गरिएको थियो ।
बालवालिकाको विकास तथा सिकाइका लागि बालमैत्री वातावरणको व्यवस्थापन गर्नका लागि बालविकास केन्द्रमा आएका बालबालिकाको विविधता व्यवस्थापन गर्ने र अपाङ्गता पहिचान गरी सिकाइ सहजीकरणको सीप विकास गर्ने र आपत्कालीन अवस्थाको व्यवस्थापन सम्वन्धी वुझाई प्रष्ट पारिएको छ । तालिम पश्चात सहभागीहरुले सिकेका कुरालाई कक्षाकोठा तथा व्यबहारमा लागु गर्ने विश्वास लिएको राधाकृष्ण थारु जनसेवा केन्द्रकी परियोजना अधिकृत सीमा वलीले बताउनु भएको छ ।
प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत बारबर्दिया नगरपालिका वडा नम्बर ७ मा रहेको रम्मापुर सामुदायिक होमस्टेमा तालिम संचालन गरिएको थियो ।

Facebook Comments Box