Skip to main content

Babai News

गोरखा दरबारमा सेतो पुतलीको बिगबिगी, शापुको त्रास

Advertisement

गोरखा : सेतो पुतली अत्याधिक थुप्रिएपछि गोरखा दरबार, गोरखकाली तथा गोरखनाथ मन्दिरमा आउने तिर्थालु भक्तजनहरूमा आँखा हुने गम्भीर संक्रमण ९शापु०को त्रास बढेको छ। मन्दिरमा जहाँतहीँ विषालु पुतली देखेर भक्तजनहरू डराउने गरेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए।

‘मन्दिर र दरबारको जहाँतहीँ सेतो पुतली देखेर भक्तजनहरु तर्सिनुहुन्छ’, पाठक भन्छन्, ‘यसलाई यहाँबाट हटाउने उपाय केही थाहा छैन। हामीले सेतोपुतलीबाट मुक्ति पाउन सामाजिक सञ्जालमा पनि लेखेर राय सुझाव मागेका थियौं।’ तर, व्यवहारिक उपाय कहीँबाट पाउन नसकेको उनको भनाइ छ।

सेतोपुतलीले अत्याएर भक्तजनहरू नआउलान् भन्नेसम्मको चिन्ता भएको मन्दिरका पुजारी शारदाप्रसाद भट्टराईको भनाइ छ। ‘सेतोपुतलीको झुसले आँखाको ज्योति नै गुम्न सक्छ भन्ने सबैलाई थाहा छ। यस्तो खतरनाक पुतली मन्दिरभरि देखेपछि सबै डराएको देखिन्छ’, उनी भन्छन्, ‘यो समस्या चाँडोभन्दा चाँडो समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ।’ यसबाट मन्दिरका पुजारी, सुसारे, भक्तजन कोही पनि समस्यामा नपरुन् भन्ने आफ्नो अपेक्षा रहेको उनको भनाइ छ।

मन्दिरभरि सेतोपुतली देखेर डरत्रास बढाएको मन्दिरमा भेटिएका एक भक्तजन शिव सुनारले बताए। ठूला मान्छे त सावधानी अपनाएर बच्न सके पनि भक्तजनसँग आएका बालबच्चालाई जोगाउन मुस्किल हुने उनले बताए।

सेतो पुतलीको झुस आँखामा परेमा त्यसले सिजनल हाइपरएक्यूट प्यान युभिट्स ९शापु० नामको आँखाको संक्रमण गराउँछ। यसले आँखाको ज्योतीसम्म गुमाइदिन सक्ने हुनाले बचेर पूजाआजा गर्न गोरखा दरबार हेरचाह अड्डाले अनुरोध गरेको छ।

दुई(दुई वर्षमा देखिने भने पनि गत वर्ष व्यापक देखिएको यो पुतली यस वर्ष पनि देखिएको हो। केही दिनदेखि शापुका बिरामी फाट्टफुट्ट आउन थालेका गोरखा आँखा उपचार केन्द्रका बालकृष्ण पोखरेलको भनाइ छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...