Skip to main content

Babai News

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

Advertisement

जेठ ३१। काठमाडौं (एजेन्सी)। आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ ।

Advertisement

समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले खराब सुरुवात गरेपनि शेर्फान रदरफर्डको आक्रामक इनिङमा १ सय ४९ रनको राम्रो योगफल खडा गरेको थियो ।

एक समय ३०-५ को स्थितिमा रहेको वेस्ट इन्डिजलाई रदरफार्डले ३९ बलमा नटआउट ६८ रनको इनिङ खेल्दै उकासे । उनले २ चौका र ६ छक्का प्रहार गरेका थिए । अन्तिम विकेटका लागि गुदाकेश मोटीसँग इनिङकै सर्वाधिक १३ बलमा ३७ रनको साझेदारी गरे । उक्त साझेदारीमा मोटीले मात्र १ बल खेलेका थिए ।

वेस्ट इन्डिजका ब्रान्डन किंग ९, जोन्सन चार्ल्स ०, निकोलस पुरन १७, रोस्टन चेज ० र रोभमान पावेल १ रनमा आउट भएका थिए । अकिल होसेनले १५, आन्द्रे रसलले १४ तथा रोमारियो सेफर्डले १३ रन बनाए । ट्रेन्ट बोल्टले ३ विकेट लिँदा टिम साउथी र लोकी फर्गुसनले २-२ विकेट लिए ।

जवाफमा न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र जोड्यो । मध्यक्रममा ग्लेन फिलिप्सले ४० रन जोड्नुबाहेक अन्य शीर्ष ब्याटरले राम्रो खेल्न सकेनन् । मिचेल सान्टनरले अन्तिम ओभरमा ३ छक्कासहित १२ बलमा नटआउट २१ रन बनाए ।

वेस्ट इन्डिजका अल्जारी जोसेफले ४ विकेट लिए । गुदाकेश मोटीले ३ विकेट हात पार्दा अकिल होसेन र आन्द्रे रसलको नाममा १-१ विकेट रह्यो ।

वेस्ट इन्डिजको ३ खेलमा ६ अंक पुगेको छ । अफगानिस्तान २ खेलमा ४ अंक तथा युगान्डाको ३ खेलमा २ अंक छ । न्युजिल्यान्ड र पपुवा न्यु गिनी दुवैले २ खेलमा अंक जोड्न सकेका छैनन् । अफगानिस्तानले अब बाँकी २ खेलबाट एक अंक जोडेमात्र सुपर ८ मा स्थान बनाउनेछ ।

हालसम्म वेस्ट इन्डिजसँगै समूह ए बाट भारत, बी बाट अष्ट्रेलिया र डी बाट दक्षिण अफ्रिका सुपर ८ मा छनोट भएका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...