Skip to main content

Babai News

बाँदर आंतक रोक्न जंगलमा फलफूलका बिरुवा रोप्दै धनकुटाका किसान

Advertisement

 

धनकुटा ।असार ४ ॥ बाँदरको आंतक रोक्न धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरका किसानहरूले जंगलमा फलफूल रोप्न थालेका छन्। बर्सेनि बाँदरले बाली नष्ट गर्न थालेपछि किसानहरूले वनजंगलमा फलफूलजन्य बिरुवा रोप्न सुरु गरेका हुन्।

धनकुटा जितपुर मात्र होइन, जिल्लाका अधिकांश किसानहरू बाँदरको आंतकबाट पीडित बन्दै आएका छन्। बर्सेनि किसानले खेतबारीमा लगाएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि जितपुरका किसानहरूले शर्मादेवी सामुदायिक वनमा फलफूलजन्य बिरुवाहरू रोप्न सुरु गरेका हुन्।

वनजंगलमा फलफूलजन्य बोटविरुवा भएपछि बारीसम्म बाँदर नआइपुग्ने भएकाले विभिन्न प्रजातिका फलफूलजन्य करिब २ हजार बिरुवा रोपिएको सब-डिभिजन वन कार्यालय जितपुरकी फरेस्टर आयुष्मा गहतराजले जानकारी दिइन्।

शर्मादेवी सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूको सहभागितामा वनमा अमला, बडहर, जामुन, कास्मिरी जामुन, अम्बक, चिउरीलगायतका बिरुवा रोपिएको छ। उक्त सामुदायिक वनमा अहिले उत्तिस, चिलाउने, मौवा, मलेदोलगायतका बोटबिरुवा मात्रै छन्। वनमा फलफूलका बिरुवा  मासिएपछि बाँदर खेतबारीमा पस्ने गरेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...