Skip to main content

Babai News

बिर्तामोड नगरपालिकाद्वारा किसान लाई बिभिन्न सामग्री प्रदान

Advertisement

बिर्तामोड, असार १३

Advertisement
: बिर्तामोड नगरपालिकाले कृषक तथा दुग्ध व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ ।
नगरपालिकामा आज आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याट सहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेशिन वितरण गरिएको हो ।

चिलिङ्ग भ्याट २ वटा, मिल्क क्यान ८ वटा, दाना पिसाउने मेशिन ५ वटा र काउमेट २२ जनालाई १ देखि ४ थानका दरले ११ लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको सामग्री वितरण गरीएको हो । उल्लेखित सामग्रीमा कृषक तथा व्यवसायीहरुको ५० प्रतिशत लागत साझेदारी रहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो ।

उक्त सामाग्री नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधा कृष्ण खतिवडा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य संगिता सिवा, सिता ढुंगानाले हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरले प्रदान गरेको सामग्रीको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । कृषि क्षेत्रमा नगरपालिकाले हरेक वर्ष विभिन्न प्रकारका सहयोग गर्दै आएको बताउँदै उहाँले उत्पादनमा जोड दिनुभयो ।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...