Skip to main content

Babai News

भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या

Advertisement

 

भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या भएको पाइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सेलर एसएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार हत्या गरिएका चारमध्ये तिन नेपाली र एक भारतीय नागरिक भएको पुष्टि भएको छ ।

एसएसपी चतुर्वेदीका अनुसार हत्या भएकामध्ये एकजना इलामका २३ वर्षीय रवि राई रहेका छन् । रवि राईको दिदी देवी राई समेत मेघालयमै रहेको कारण उनले भाइको शव पहिचान गरेकी हुन् । राई मेघालयकै कोइला खानीमा काम गर्ने गरेको प्रारम्भिक जानकारी आएको छ । हत्या गरिएकामध्ये अर्का एकजना मेघालयकै स्थानीय युवा रहेको पाइएको छ । बाँकी दुईजना भोजपुर र धरान ९सुनसरी०का युवा भनिएपनि हालसम्म पुष्टि भएको छैन ।

शनिवार बिहान भारतको मेघालय राज्यको अमप्लेङ्ग बजार नजिकै चार युवाको शव भेटिएको थियो । हातगोडा बाँधेर टाउको लगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या गरिएको पाइएको छ । मेघालयको इष्ट जैनतिया हिल्स प्रहरीका अनुसार हत्या गरिएकाहरूको पहिचानको काम भइरहेको छ र हत्याराको खोजी समेत भइरहेको छ । हत्या गरिएकाहरूको शव यतिबेला स्थानीय सिभिल अस्पतालमा राखिएको छ र पोष्टमार्टमको तयारी भइरहेको छ ।

दिल्लीस्थित दूतावासमा कार्यरत एसएसपी चतुर्वेदीका अनुसार यतिबेला भारतीय प्रहरी र मेघालय प्रहरीसँग समन्वय भइरहेको छ । मेघालय प्रहरीले हत्याको अनुसन्धान गर्न स्पेशल इन्भेष्टिगेसन टिम ९एसआइटी० गठन गरिएको छ । हत्याको प्रकृति हेर्दा अन्यत्र नै हत्या गरी बजार नजिकै शव फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...