Skip to main content

Babai News

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापालाई

Advertisement

 

बिर्तामोड असार २५॥ कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जीतेको छ । आज भएको फाइनल खेलमा भोजपुरलाई पराजित गर्दै झापा च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा  १–० गोलअन्तरले भोजपुरलाई  हराउदै झापाले  उपाधिमाथि कब्जा जमाएको हो । झापाको जितमा जेनिफर मगरले दोस्रो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।

फाइनल खेलको वुमन अफ दि म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले नगद २ हजार प्राप्त गरिन् ।

बेस्ट गोलकिपर झापाकै जसोदा लिम्बू भइन् भने बेस्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ भइन् । यसैगरी, सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन् । उनले ९ गोल गरेकी थिइन् ।

झापाकी सिमरन राई बेस्ट मिडफिल्डर भइन् । यस्तै, भोजपुरकी कप्तान आरती भुजेल बेस्ट फरवार्ड भइन् । प्रतियोगिताको बेस्ट कोच झापाका सन्त रायामाझी बनेका छन् भने राइजिङ प्लेयर खोटाङकी गोलरक्षक रिया राई घोषित भइन् ।

उनीहरुले जनही ३–३ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाकी जेनिफर मगर भइन् । उनले नगद ३५ हजार र ट्रफी पाइन् ।

प्रदेशस्तरीय च्याम्पियन बनेको झापाली टोलीले उपाधिसहित नगद २ लाख र उपविजेता भोजपुरले १ लाखमा चित्त बुझाएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई बोर्डका सदस्य सचिव कृष्ण बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, दिक्तेल रुपाकोट मजुवागडी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, दिक्तेल रुपाकोट मजुवागडी वडा नम्बर १४ वडा अध्यक्ष दिनेश राई लगायतले पुरस्कार वितरण गरे

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...