Skip to main content

Babai News

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

Advertisement

एजेन्सी – साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको न्यु जर्सीमा बुधबार बिहान भएको पहिलो सेमिफाइनलका क्यानडा माथि २-० को जित हात पार्दै अर्जेन्टिनाले उपाधि रक्षा यात्रा कायम राखेको हो ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरे ।

जुलियन अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रोड्रिगो डे पलको सुन्दर थ्रु-पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाले दोस्रो गोलका ५१औं मिनेटमा गरेको थियो। एन्जो फर्नान्डेजको प्रहार गोललाइन नजिकबाट मेस्सीले पोस्टतर्फ नै प्रहार गर्दै प्रतियोगितामा आफ्नो पहिलो गोल गरेका थिए ।

अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वे बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...