Skip to main content

Babai News

कचनकवल -५ का वडाध्यक्ष र छिमेकी बीच कुटाकुट पाँचजना घाइते

Advertisement

 

बिर्तामोड असार २६

Advertisement
॥गाउँमा विवाद मिलाउने क्रममा कचनकवल गाउँपालिका-५ का वडाध्यक्ष नुर आलम र छिमेकी रैमु मियाको परिवारबीच कुटाकुट भएको छ ।

दुई परिवारबीचको कुटाकुटमा कचनकवल गाउँपालिका-५ का वडाध्यक्ष आलम र उनकी श्रीमतीसहित पाँचजना घाइते भएका छन् ।

कचनकवल-५ पाठामारीस्थित नयाँहाट बस्तीमा वडाध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उनकी श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरु रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले नेपाल प्रहरीमा भएका जेठा छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई बिगत ७-८ बर्षदेखि घरेलु हिंसा गर्दै आएका थिए

हिजो पनि कुटपिट गरेको भन्दै राति १० बजे मिराजनी निशाले वडाध्यक्ष आलमलाई घरमा लिन आई झगडा मिलाइदिन आग्रह गरेकी थिइन् । वडाध्यक्ष आलम सम्झाउन जाँदा रहिमु मियाका कान्छा छोराले गाली गलौज गरी हातपात गर्न खोज्दा आलमका परिवार र मियाको परिवारबीच कुटाकुट भएको हो ।

कुटपिटबाट वडाध्यक्ष आलम र उनकी श्रीमती रुपसना बेगम घाइते भएका छन् भने अर्को पक्षका रहिमु मियाकी श्रीमती सैरा खातुन, छोरीहरु रुक्सा र सन्जना खातुन घाइते भएका छन् । टाउकोमा चोट लागेका घाइते वडाध्यक्ष र उनकी श्रीमतीको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै अर्को पक्षका रहिमु मियाका छोरीहरु रुक्सा र सन्जनाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...