Skip to main content

Babai News

कोपा अमेरिका २०२४:क्यानाडालाई पराजित गर्दै उरुग्वे तेस्रो

Advertisement

 

उरुग्वेले कोपा अमेरिका २०२४ मा आइतबार क्यानाडालाई टाइब्रेकरमा ४–३ पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । प्रतियोगिताको सेमिफाइनलमा पराजित दुई टिमबीच यो खेल भएको हो ।

पेनाल्टीमा उरुग्वेका लागि चारै प्रहार गोलमा परिणत गरेको थियो । क्यानडाका लागि भने इस्माल कोने गोल गर्न चुके । उनको प्रहारलाई सर्जिओ राचेटले रोकेका थिए । यस्तै अल्फोन्सो डाभिसको प्रहार पोस्टमा लागेको थियो ।निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगेको थियो र त्यससँगै खेल सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।

उरुग्वेले आठौं मिनेटमा रोड्रिगो बेन्टकरको गोलले अग्रता लिएको थियो । पहिलो हाफको २२ औ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो र कोनेको नाममा रह्यो ।

जोनाथन डाभिडले ८० औं मिनेटमा क्यानडाका लागि निर्णायक गोल गरे । खेलको अन्त्यतिर उरुग्वे चर्को दबाब सिर्जना गरेपछि इन्ज्युरीको दोस्रो मिनेटमा लुइस स्वारेजले गोल गरे र खेल बराबरीमा टुंगियो ।

प्रतियोगिताको फाइनलमा सोमबार डिफेन्डिङ च्याम्पियन तथा विश्व च्याम्पियन अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ । सेमिफाइनलमा अर्जेन्टिनाले क्यानाडा र कोलम्बियाले उरुग्वेलाई हराएको थियो ।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...