Skip to main content

Babai News

बीएण्डसी टिचिङ हस्पिटलमा साउन १ गतेदेखि पुन स्वास्थ्य बीमा लागू हुने

Advertisement

 

बिर्तामोड असार ३०॥   झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बीमा लागू हुने भएको छ । बीमा बोर्डसँग भएको सम्झौता अनुसार बीएण्डसीले बिरामीको सुविधाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो ।

अस्पतालमा रहेको दक्ष जनशक्ति, उपलब्ध अत्याधुनिक उपकरण र तोकिए अनुसारका औषधिको उपलब्धतासहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यसपटक अस्पताल प्रशासनले १० वटा काउन्टरमार्फत सेवा प्रदान गर्ने तयारी गरेको छ । बीमामार्फत स्वास्थ्य सेवा लिन धेरै समय कुर्नु परेको बिरामीहरूको गुनासोका बीच अस्पतालले सहज सेवाका लागि यस्तो व्यवस्था मिलाएको हो ।

अस्पताल व्यवस्थापनले आइतबार पत्रकार सम्मेलन गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको तयारी पूरा भएको जनाउँदै बीमार्फत आउने र पेइङबाट आउने बिरामीबीच कुनै भेदभाव नहुने स्पष्ट पारेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादव बीमामार्फत सबै प्रकारका सेवा उपलब्ध रहेको बताउँछन् । डाक्टर यादवले बीमा बोर्डले तोकेअनुसारको सेवा सुविधा हस्पिटलमा उपलब्ध रहेको बताए ।

स्वास्थ्य बीमामार्फत सेवाग्राहीले औषधि, स्वास्थ्य परीक्षण, सर्जरी लगायतमा बीमा सुविधा प्राप्त गर्नेछन् । बीमा मार्फत आउने बिरामीलाई पनि चौबिसै घण्टा इमरजेन्सी सहितको सेवा उपलब्ध रहेको जनसम्पर्क अधिकारी गिरीले बताए ।

पत्रकार सम्मेलनमा मेडिकल कलेजका प्रिन्सिपल डक्टर उमेश शर्मा, हस्पिटलकी कार्यकारी निर्देशक अञ्जली कार्की लगायतको उपस्थिति रहेको थियो

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...