Skip to main content

Babai News

डकैतीमा संलग्न एक फरार अभियुक्त पक्राउ

Advertisement

 

जलेश्वर असार ३१॥प्रहरी डर्कैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले बताए ।

Advertisement

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बिजेन्द्र पासवान छन् । २२ वर्षसम्म विभिन्न सात ठूला डकैतीमा संलग्न पासवान फरार थिए ।

उनलाई गएराति करिब ११ बजे महोत्तरी र सर्लाहीको सीमानाका पर्ने महोत्तरीको सोनमा गाउँपालिका–५ शीतलपुरबाट पक्राउ गरिएको हो । प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका पासवान सो क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीसँग जम्काभेट भएको थियो ।

उक्त जम्काभेटमा बिजेन्द्र उम्कन खोजेपछि नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली घुँडामुनी हानेर नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट घाइते बिजेन्द्रको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।

उनले पटक–पटक गरी महोत्तरीमा–२, बारामा–२, सिरहामा–१, सर्लाहीमा–१ र सिन्धुलीमा–१ गरी सातवटा लुटपाट तथा डकैतीमा संलग्न रहनुका साथै विभिन्न व्यक्तिलाई हात हतियारबाट घाइते बनाएको निजको आपराधिक अभिलेखमा रहेका प्रहरीले जनाएको छ ।

 

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...