Skip to main content

Babai News

अर्जुनधाराकी १३ वर्षीय रोशनी बेपत्ता खोजीदिन आग्रह

Advertisement

 

अर्जुनधारा साउन ४॥अर्जुनधारा नगरपालिका–५ की १३ वर्षीय रोशनी महरा दर्जी गत चार दिनदेखि बेपत्ता भएकी छिन् ।  कक्षा–७ मा अध्ययनरत रोशनी असार ३२ गते बिहान ५ बजे घरबाट हराएकी उनकी आमा माया महरा दर्जीले बताइन् ।

एक पटक एक महिलासँग फोनमा कुरा हुँदा दिक्तेलमा रहेको बताएको र त्यही समयदेखि फोन सम्पर्क हुन नसकेको उनका बुबा विनोद महरा बताए । छोरी ना बालिका रहेको र विवाह गर्ने उमेरसमेत नभएकोले कसैले ललाई फकाई गरी बेपत्ता बनाएको सन्काले बिर्तामोड इलाका प्रहरी कार्यालयमा निवेदन दिएको महराले बताए ।

प्रहरीले खोजी गरिदिउँला भने पनि अहिलेसम्म केही पत्तो नभएको महराले बताए । विनोद विगत १० वर्ष देखि दृष्टिविहीन भई घरमै बसेकोले श्रीमतीले ज्याला मजदुरी गरी घर परिवार चलाइरहेको र आफू कतै खोजी गर्न समेत जान नसक्ने भएकोले प्रहरी प्रशासन, पत्रकार एवम् सम्पूर्णमा छोरी खोजी गरिदिन महराले अनुरोध गरेका छन ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...