Skip to main content

Babai News

डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामा लाई प्रदान  

Advertisement

 

विर्तामोड, साउन ७॥   डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा  २१ हजार नगद सहीत  सम्मानित भएका छन। प्रेस सेन्टर नेपाल झापा शाखाले उक्त पुरस्कार स्थापना गरेको हो।

झापाका क्रान्तिकारी पत्रकार एवम् साहित्कार डी कौडिन्यलाई शाही सेनाले वि.सं. २०५९ साउन ७ गते चारआली व्यारेकभित्र कायरतापूर्वक हत्या गरेको थियो । उहाँको स्मृतिमा वर्षेनी पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ ।

विर्तामोडको सिटी सेन्टरमा आयोजित समारोहमा कोशी प्रदेशका नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता एवम् पूर्व अर्थमन्त्री इन्द्र आङ्बो प्रमुख अतिथि रहनु भएको थियो । उहाँले नै पुरस्कारको प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभयो ।

सेन्टरका झापा अध्यक्ष राजु पाठककको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अर्थमन्त्री आङ्बो, डी कोडिन्यकी पत्नी यमुना आचार्य, नेकपा माओबादीका केन्द्रीय सदस्य सुमन सिंह सी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतम, सेन्टरका केन्द्रीय सचिव विमल लामिछाने, सेन्टरका कोशी अध्यक्ष विनोद घिमिरे, अग्रज पत्रकार लीला बराल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियनका झापा नेता राजेन्द्र गौतम, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार, समाजबादी प्रेस संगठन झापा अध्यक्ष शम्भु दाहाल, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा र डी कौडिन्यकी छोरी तृप्ति आचार्यले मन्तब्य  राखेका थिए ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार देबकुमार अचार्य (डी कौडिन्य)को जीवनी र योगदानका बारेमा बिमल लामिछानेले जानकारी गराएका थिए । होम अधिकारीले स्वागत गरेको कार्यक्रमको सन्चालन  सचिव पुष्प खड्काले गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...