Skip to main content

Babai News

साउनमा किन माछामासु खानु हुन्न ? यस्ता छन् कारण

Advertisement

 साउनलाई हरियालीको महिनाका रुपमा लिइन्छ । यसलाई शाकाहारी महिना भनेर पनि चिनिन्छ। साउनमा विशेषगरी हिन्दु धर्मावलम्बी नारीहरूले हातमा मेहन्दी हरियो, पहेँलो चुरा र हरियो पहिरन लगाउने चलन छ ।

Advertisement

धार्मिक मान्यतासँग जोडेर हेर्दा साउनलाई भगवान् शिवको प्रिय महिनाका रूपमा लिने गरिन्छ । त्यसैले यस महिना सनातन धर्मावलम्बीहरूले विशेष पूजाआरधाना गर्ने गर्छन् ।

यो साउने संक्रान्ति, बोलबम र भगवान् शिवको आराधना साथै उपवासको महिना हो । पूर्वीय दर्शनअनुसार साउन महिनामा भगवान् शिवको आराधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल अर्पण गर्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार, साउनको सोमबार ब्रत बस्ने र शिवलिङ्गमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ । भलै नयाँ पुस्तालाई यी कुरा धार्मिक आडम्बर लाग्न सक्छ । यो केवल परम्परा मात्रै लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराहरूसँग विज्ञान पनि जोडिएर आएका मानिन्छ ।

असारको चटारो सक्न नभ्याउँदै साउन आउँछ । यतिबेला खेती किसानी गर्नेले बाली लगाएर विश्राम लिन्छन् । खेतीपातीको चटारोबाट विश्राम लिँदै मनलाई धर्मकर्ममा लगाउने गरिन्छ । धार्मिक आस्थाका रूपमा मात्र होइन, हाम्रो जीवन पद्धतिसँग जोडिएका कुरा हुन् यी ।

किन ब्रत बस्ने ?

साउनमा ब्रत एवम् उपवास बस्नु भगवानलाई खुसी तुल्याउन मात्रै होइन । आफ्नो मनोकांक्षा पूरा गराउन मात्रै होइन । यी त आस्थाका कुरा भए ।

विज्ञानको कुरा अर्कै छ । भनिन्छ, बर्खायाममा हाम्रो पाचनयन्त्र कमजोर हुन्छ । पानीलगायत विभिन्न खाद्य पदार्थका कारण पेटमा जीवाणु फैलिने र झाडापखाला लाग्ने सम्भावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोग देखा पर्छन् । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।

यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रित छौं । यति बेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पुर्खाहरूले यस बेला खाद्य संकट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।

किन माछामासु नखाइएको होला ?

धार्मिक मान्यताअनुसार यस महिनामा मदिरा र मासुको सेवनले मानिसको भविष्यमा नराम्रो असर पार्छ । धर्म मात्र होइन, विज्ञानले पनि साउनमा तामसिक पदार्थ अर्थात मदिरा, मासु, तेल, मसला आदिको प्रयोग कम गर्नुपर्ने मान्यता राखेको छ ।

साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ ।

आयुर्वेदका अनुसार साउनमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । मदिरा, मासु, तेल र मसालेदार खानेकुराको सेवनले हाम्रो पाचन प्रणालीलाई तनाव दिन्छ किनभने यी पचाउन गाह्रो हुन्छ । कमजोर पाचन शक्तिका कारण मांसाहारी खाना आन्द्रामा सड्न थाल्छ । यसले इम्युनिटीमा पनि नराम्रो असर गर्छ । एक हिसाबले नन-भेज र मसालेदार खानाले रोग निम्त्याउन सक्छ ।

मासुमंसमा जीवाणु फैलने, कुहिने, सड्ने हुन्छ । त्यहीकारण यसबेला मासु त्यति हितकर मानिँदैन । वर्षायाम भनेको धेरैजसो पानीमा पाइने जीवहरूको प्रजननको महिना हो ।

पहिलेको जमानामा माछालाई व्यावसायिक रूपमा छुट्टै पोखरीमा पाल्ने र खान प्रयोग गर्ने चलन थिएन । प्राकृतिक नदीहरू र खोलामा पाइने सीमित माछा प्रजनन महिनामा खाइदिए अर्को वर्ष संख्या घट्ने वा लोप हुने डर हुन्थ्यो ।

साउन पशुको स्वास्थ्यका लागि पनि राम्रो हुँदैन । जनावरहरूले खाने घाँस र झारसँगै तिनीहरूले अन्जानमा धेरै विषालु कीराहरू निल्छन् । जसका कारण पशुपंक्षी बिरामी पर्छन् । उनीहरूको शरीरमा संक्रमण फैलिन्छ । यस्ता जनावरको मासु मानव शरीरका लागि निकै हानिकारक साबित हुन्छ ।

कस्तो खानपान उपयुक्त ?

यसबेला सात्त्विक भोजन एवम् हल्का, सु-पाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहत दिन्छ । साउनमा खीरलगायत दूधजन्य परिकार खाने गरिन्छ ।

साभार : एजेन्सीहरूको सहयोगमा 

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...